धनुषा। इलाका प्रहरी कार्यालय सवैलाको थुनुवाकक्षमै एकजना झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएपछि छानबिनको माग गर्दै स्थानीयबासी प्रदर्शनमा उत्रिएका छन्।
थुनामा रहेका धनुषा सवैला नगरपालिका-१२ का २२ वर्षीय शम्भु सदा मुसहर झुन्डिएको अवस्थामा मृत भेटिएको इप्रका सवैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले बताए।
“सवारी ज्यान मुद्दामा थुनामा रहेका मुसहर गएराति २ बजेतिर शौचालयमा झुन्डिएको अवस्थामा हामीले पायौँ”, प्रहरी निरीक्षक यादवले भने।
थुनामै मुसहरको मृत्यु भएपछि घटना शंकास्पद रहेको भन्दै स्थानीयवासीले बरकुर्वामा सडक अवरुद्व गरी प्रदर्शन गरिरहेका छन्।
उनीहरुले प्रहरी भ्यानमा समेत तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
स्थानीयवासीले प्रहरी चौकीमा बाहिरबाटै ढुंगामुढा गरेपछि बाहिर राखिएको भ्यानमा क्षति पुगेको छ। रासस
" /> धनुषा। इलाका प्रहरी कार्यालय सवैलाको थुनुवाकक्षमै एकजना झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएपछि छानबिनको माग गर्दै स्थानीयबासी प्रदर्शनमा उत्रिएका छन्।थुनामा रहेका धनुषा सवैला नगरपालिका-१२ का २२ वर्षीय शम्भु सदा मुसहर झुन्डिएको अवस्थामा मृत भेटिएको इप्रका सवैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले बताए।

">