मनाङ। कोरोना संक्रमणको जोखिमबाट बच्न लागू गरिएको लकडाउनका बीच पनि मनाङमा विकास निर्माणको काम धमाधम छ।
बन्दाबन्दीमै पर्यटन पदमार्गदेखि स्वास्थ्यचौकी भवनसम्मको निर्माण कार्य भइरहेको छ। बन्दाबन्दीमा बाहिरी जिल्लाका मजदुर आउन समस्या भए पनि स्थानीय युवा परिचालन गरी विकास निर्माणलाई निरन्तरता दिइएको छ।
मनाङ प्रवेश नाका नासों गाउँपालिका-१ ताल हुँदै वडा नं २ नाँचेगाउँसम्म पदमार्ग निर्माणको काम चलिरहेको वडा नम्बर १ का अध्यक्ष झलकबहादुर गुरुङले बताए। उनले अन्य वडामा पनि पदमार्ग निर्माण गरिने जानकारी दिए।
पार्क निर्माण, ताम्राङ पुलदेखि वडा नम्बर ६ र ७ सम्म जोड्दै पदमार्ग भीमताङसम्म चार हजार मिटर उचाइमा रहेको ड्रोनाताल जोड्ने पदमार्गमा रेलिङ निर्माणको काम भइरहेको वडा नम्बर २ का अध्यक्ष भीमबहादुर गुरुङले बताए।
गाउँपालिकाका सबै वडामा आवश्यक योजना निर्माण र उपभोक्ता समितिको मातहतमा काम भएको गाउँपालिका अध्यक्ष चन्द्र घलेले जानकारी दिए। मनाङ पर्यटकीयस्थल भएकाले पनि बन्दाबन्दीको समयमा पदमार्ग निर्माण गर्न सहज भएको छ। रासस