काठमाडौं। नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौँ महानगरपालिका-१४ कलङ्कीका ३३ वर्षीय प्रदीप उपाध्याय लुइँटेल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
काठमाडौं महानगरपालिका-१६ नयाँबजार खुसिबुमा मानव स्वास्थ्यमा असर पर्ने गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर तथा कस्मेटिक सामान तयार गरी बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूले नाम चलेका विभिन्न ब्राण्डका नक्कली लेबल लगाएर महङ्गो मूल्यसमेत राखी दुरुस्त बनाइ बजारमा अवैधरूपमा बिक्री वितरण गरिरहेको प्रहरीले जनाएको छ।
ती दुईजनाबाट स्यानिटाइजर, विभिन्न ब्राण्डका स्याम्पु र विभिन्न ब्राण्डका नक्कली फेस क्रिमलगायतका सामान बरामद गरिएको छ।
उनीहरुको साथबाट विभिन्न साइजको प्लाष्टिकको ग्यालेन तथा ड्रममा राखेको स्यानिटाइजर बनाउन प्रयोग हुने कच्चा पदार्थ तीन हजार २९० लिटर, तयारी नक्कली स्यानिटाइजर ५०० एमएलको आठ बोतल, पाँच लिटर तयारी स्यानिटाइजर, विभिन्न आकारमा बोतलमा राखिएको सयौँ बोतल स्यानिटाइजर बरामद गरिएको छ।
यस्तै नक्कली कस्मेटिक सामान, स्यानिटाइजरमा टाँस्ने स्टिकर एक झोला, विभिन्न रङका मसी, त्यसमा प्रयोग गरिने केमिकल तथा प्रयोग हुने यन्त्र उपकरण बरामद गरिएको छ । रासस
" /> काठमाडौं। नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौँ महानगरपालिका-१४ कलङ्कीका ३३ वर्षीय प्रदीप उपाध्याय लुइँटेल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

">