मदिराको नसामा बन्चरो प्रहार गरी १७ वर्षीय छोराको हत्या
<p>काठमाडौं। रूपन्देहीमा मदिरा सेवन गरेका बाबुले आफ्नै छोराको बन्चरो प्रहार गरेर हत्या गरेका छन्।</p>
<p>कञ्‍चन गाउँपालिका १ कुचेराका ५० वर्षीय रिमबहादुर कुमालले १७ वर्षीय छोरा सुदीपको हत्या गरेका हुन्। </p>
<p>काकाको घरमा सुतिरहेका सुदीपलाई राति साढे १ बजेतिर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए।</p>
<p>बन्चरो प्रहारबाट सुदीपको टाउको र मुखमा गम्भीर चोट लागेको थियो । उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। हत्यामा संलग्‍न रिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
