बाजुरा। जिल्लाको नौ वटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा पाँच वर्षमुनिका बालबालिकाको संख्या ४७२ रहेको छ।
ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल फर्केर क्वारेन्टाइनमा बसेका हुन् ।
छेडेदह गाउँपालिकामा ६२, बूढीगङ्गा नगरपालिकामा १५३, त्रिवेणी नगरपालिकामा १११, बडिमालिका नगरपालिकामा ४२, गौमुल गाउँपालिकामा ३२ बालबालिका क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।
त्यस्तै हिमाली गाउँपालिका आठ, स्वामिकार्तिक खापर गाउँपालिका ३०, जगन्नाथ गाउँपालिकामा १२, बूढीनन्दा नगरपालिकामा २२ बालबालिका छन् ।
आज बिहानसम्म नौवटै स्थानीय तहमा रहेका १३२ क्वारेन्टाइनमा पाँच हजार ३३२ जना छन्। जसमा तल्लो क्षेत्रमा पर्ने बडिमालिका नगरपालिकामा २७६, गौमुल गाउँपालिकामा ३४०, खप्तड छेडेदह गाउँपालिकामा एक हजार १९५ जना, बूढीगङ्गा नगरपालिकामा एक हजार २७८ र त्रिवेणी नगरपालिकामा एक हजार ८३ जना रहेका छन् ।
पूर्वी-उत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा ३०४, स्वामिकार्तिक खापर गाउँपालिकामा २८०, जगन्नाथ गाउँपालिकामा ३१८, बूढीनन्दा नगरपालिकामा ३०२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वाथ्य अधिकृत दयाकृष्ण पन्तले बताए।
क्वारेन्टाइनमा रहेका पाँच हजार ३३२ मध्ये चार हजार ४१६ भारतबाट आएका छन् । रासस
" /> बाजुरा। जिल्लाको नौ वटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा पाँच वर्षमुनिका बालबालिकाको संख्या ४७२ रहेको छ।ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल फर्केर क्वारेन्टाइनमा बसेका हुन् ।

">