अर्जेन्टिनामा एकै दिन एक हजार १४१ संक्रमित

ब्युनसआयर्स। दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा एकै दिन एक हजार एक सय ४१ जनामा कोराना भाइरसको संक्रमण पाइएको छ।

अर्जेन्टिनामा यो हालसम्मकै ठूलो दैनिक संक्रमण हो।

पछिल्लो २४ घण्टामा आएको परीक्षण रिपोर्टमा उक्त संख्याका संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २४ घण्टामा २४ जनाको मृत्यु भएको छ।

यससँगै कुल संक्रमित २४ हजार सात सय ६१ पुगेका छन् भने सात सय १७ जनाको मृत्यु भएको छ। गत मार्चमा पहिलोपटक अजेन्टिनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

ल्याटिन अमेरिका कोरोना भाइरसको ‘इपिसेन्टर’ बन्दै गएको छ। अर्जेन्टिनाको छिमेकी मुलुक ब्राजिल कोरोना भाइरसको अमेरिकापछि दोस्रो ठूलो हटस्पट बनेको छ। अर्को छिमेकी चिलीमा पनि संक्रमित संख्या निरन्तर बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्