मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
<p>कैलाली । हिजो राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।</p>
<p>गोदावरी नगरपालिका ४ का २९ वर्षीय भक्त खनालको मृत्यु भएको प्रहरीले जनाएको छ। </p>
<p>कैलालीको गोदावरी नगरपालिका बुढीतोलबाट खानीडाँडा जाँदै गरेको सुदूरपश्‍चिम प्रदेश ०१-००८ प ४०३९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । </p>
<p>मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका खनालको माया मेट्रो अस्पतालमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतिक विष्टले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
