म्याग्दीमा पहिरोमा पुरिएर दुईको मृत्यु

म्याग्दी। जिल्लाको रघुगंगा गाउँपालिका-६ रायखोरमा पहिरोमा पुरिएर गए राति दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार ५० वर्षीया हमाया शेरपुञ्जा र चार वर्षीया सिम्रन छन्त्यालको पहिरोले परिएर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका निरीक्षक ध्रुवप्रसाद शर्माका अनुसार हिजो राति ११ बजेतिर उनीहरू सुतिरहेको गोठ लेदोसहितको पहिरोले पुरिएको थियो।

सुतिरहेको अवस्थामा वर्षापछि माथिबाट आएको पहिरोले पुरिएका हुन्। पाखापानी प्रहरी चौकीका सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएको प्रहरी र स्थानीयवासीले हमाया र रोशनीलाई मृत फेला पारेका थिए।

पहिरोले पुरिएर ढुंगा, माटोले बनेको जस्ताको छानोको गोठमा रहेको अन्नपात, भाँडावर्तनलगायत सबै नष्ट भएको छ। पशुचौपायाको भने क्षति भएको छैन। थप उद्धार र अनुसन्धानका लागि आज बिहान प्रहरी निरीक्षक शर्माको नेतृत्वको टोली घटनास्थल गएको छ। रासस

प्रतिक्रिया दिनुहोस्