धनुषामा गोली हानी २५ वर्षीय युवकको हत्या
काठमाडौं। धनुषामा गोली हानेर एक २५ वर्षीय युवककोे हत्या भएको छ।
घरमा रहेका उनलाई राति बाहिर बोलाएर करिब दुईसय मिटर पर लगी हत्या गरिएको प्रहरीले जनाएको छ। उनको कन्चटमा गोली लागेको छ।
धनुषाको सबैला नगरपालिका ७ का २५ वर्षीय अरुण मण्डलको हत्या भएको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी जयराज सापकोटाले जानकारी दिए।
उनका अनुसार अहिले जिल्ला प्रहरी कार्यालयका एसपीसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्