ललितपुरको गोदावरीमा एक युवकको हत्या <p>काठमाडौं। ललितपुरको गोदावरीमा एक युवकको हत्या भएको छ। स्थानीय ३८ वर्षीय अमित शाहीको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।</p> <p>महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले मकै&nbsp;बारीमा शव भेटिएको जानकारी दिए। राति २ बजेतिर हत्या गरेर शव फालिएको भन्&zwj;ने&nbsp;सूचना आएपछि प्रहरी टोली त्यसतर्फ खटिएको थियो।</p> <p>एसएसपी राईले अहिले प्रहरी टोली घटनास्थलमा नै रहेको र आवश्यक अनुसन्धान भइरहेको बताए। हत्या कसले र किन गरेको भन्ने नखुलेको भन्दै उनले विस्तृत अनुसन्धानपछि सबै कुरा बाहिर आउने बताए।</p>
प्रतिक्रिया दिनुहोस्