कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल

नेपालगञ्‍ज। बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल भएको छ।

अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया उनको हिजो दिउँसो शल्यक्रिया गरिएको हो।

१८ साताकी गर्भवती उनको आन्द्रा बेरिने समस्या थियो। डा. प्रदीप थापा, डा. आशिष भट्टलगायतको टोलीले शल्यक्रिया गरेको हो। महिलाको स्वास्थ्य अवस्था सामान्य छ।

अछाम चोरकोट गाउँपालिका-५ की उनको अछामको बयलपाटा अस्पतालमा अवस्था बिग्रिएपछि सोमबार हेलिकोप्टरबाट कोहलपुर ल्याइएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्