त्यो ५ अप्रिल आइतबारको दिन थियो। बिहान उठ्दा अलि असजिलो महशुस भयो। जिउ भारी लागेको थियो। दिउँसो टाउको दुख्यो। घाँटी पनि दुख्न थाल्यो। आफैले कोभिड-१९ का विरामीलाई उपचार गरिरहेका कारण मलाई शंका लाग्यो। मुटु नै चिसो भयो। तत्काल अस्पतालको निर्देशकलाई फोन गरे। उहाँ सरुवा रोग विशेषज्ञ हुनुहुन्थ्यो। उहाँले कोभिड-१९ को परीक्षण गर्न सल्लाह दिनुभयो। मन झनै अत्तालियो। मैले फोनमा अपोइन्टमेन्ट लिएँ। सोमबारका लागि समय पाएँ।
कोभिड-१९ लाग्यो भन्ने शंका भएसँगै आफ्नो भन्दा परिवारको चिन्ता लाग्न थाल्यो। घरमा म र श्रीमती थियौं। मलाई जे जस्तो भए पनि श्रीमतीलाई केही नहोस् भनेर कामना गर्न थाले। श्रीमतीलाई केही नहोस भनेर मैले आफुलाई सेल्फ आइसोलेसनमा राखे। त्यस रात मलाई काम ज्वरो आयो। सिटामोल खाएपछि ज्वरो केही कम भएजस्तो हुन्थ्यो, फेरि बढ्थ्यो। फेरि सिटामोल खायो, केही कम भएजस्तो हुन्थ्यो, फेरि बढ्थ्यो। त्यो क्रम जारी रह्यो। ज्वरो हटेन।
बिहान टाउको झनै जोडले दुख्न थाल्यो। स्वाद पनि हरायो। गन्ध थाहा पाउन छोडेँ। खानाको स्वाद नै पाउँदैनथेँ। अस्पताल गएँ। नाकबाट स्वाब लिइयो। त्यसपछि घर आएँ। टाउको दुख्न कम भएन। काम ज्वरो आइरह्यो। सिटामोल खाइरहें। भोलिपल्ट अस्पतालले कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएको खबर गर्यो।
सोमबार बिहान टाउको झनै जोडले दुख्न थाल्यो। स्वाद पनि हरायो। गन्ध थाहा पाउन छोडेँ। खानाको स्वाद नै पाउँदैनथेँ। अस्पताल गएँ। नाकबाट स्वाब लिइयो। त्यसपछि घर आएँ। टाउको दुख्न कम भएन। काम ज्वरो आइरह्यो। सिटामोल खाइरहें।
मंगलबार अस्पतालले कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएको खबर गर्यो। मनमा त्रास छँदै थियो। श्रीमतीकै चिन्ताले छाडेन। उसलाई केही नभइदिए हुन्थ्यो भनेर कामना गरिरहे। मनमा धेरै कुरा खेल्न थाल्यो। बेचैन बनायो। ज्वरो घटेको थिएन। टाउको दुख्न पनि छाडेको थिएन। त्यसमाथि रूघाखोकी पनि थपियो। स्वाद तथा गन्ध थाहा नपाउने भएकाले भोक तिर्खा सबै हरायो।
मेरो कामनाले कुनै काम गरेन। मंगलबार बेलुका श्रीमतीलाई पनि टाउको दुख्ने, जिउ भारी हुने, रुघाखोकी लाग्न थाल्यो। त्यति भएपछि त मेरो सातो गइहाल्यो। आफू त विरामी थिएँ नै उनीमा पनि लक्षण देखियो। उनलाई टाउको दुख्ने, रुघाखोकी लाग्ने मात्र होइन पखाला पनि लाग्न थाल्यो।
फेरि अस्पतालका निर्देशकलाई फोन गरे। उहाँले श्रीमतीलाई पनि कोराना संक्रमण भएको बताउनुभयो र परीक्षण गर्न जरूरी नभएको भन्दै दुवैलाई कतै ननिस्कन र घरमै सेल्फ आइसोलेसनमा बस्न सुझाव दिनुभयो। सास फेर्न गाह्रो भए मात्र अस्पताल आउन भने। हामी दुवै अपार्टमेन्ट भित्रै सेल्फ आइसोलेसनमा बस्यौं। खानेकुराको केही स्वाद थिएन। गन्ध नै थाहा पाउँदैनथ्यौं। बाँच्नका लागि जबरजस्ती खान्थ्यौं। जीवनजल धेरै खायौं।
मेरो दाइ, भाउजु, दिदी, भिनाजु र भान्जाभान्जी सबै अमेरिकामै हुनुहुन्थ्यो। तर उहाँहरू अर्को स्टेटमा बस्नुहुन्थ्यो। नेपालमा बुवा, मुमा र हजुरमुमा हुनुहुन्थ्यो। अस्पतालमा काम गर्ने भएकाले उहाँहरू मलाई कोरोना संक्रमण हुन्छ कि भनेर डराउनुहुन्थ्यो। केही नहुँदा त डराइराखेको मान्छेलाई फोन गरेर संक्रमण भयो भन्न पनि भएन। खासमा मैले कोरोना संक्रमण भयो भनेर कसैलाई पनि भनिनँ।
हामीलाई कोरोना संक्रमण भएको केही साथीलाई मात्र थाहा थियो। साथीहरू एकदम मिलनसार थिए। त्यस अर्थमा मैले आफूलाई भाग्यमानी ठानेँ। साथीहरू भारत, पाकिस्तान, मेक्सिको, क्यानडा तथा रूसका थिए। उनीहरूले हामीलाई धेरै सहयोग गरे। हामीलाई मन लागेको खाना ल्याइदिन्थे। मुखमा केही स्वाद नभए पनि विभिन्न खालका खाने कुरा हुँदा अलिकति भए पनि खान सकिन्थ्यो। उनीहरू आफ्नो स्वास्थ्यको डर नमानी कोठामा आउँथे। हामीलाई जाँच्थे। छाती, मुटु तथा अक्सिजनको मात्र जाँच गर्थे। खानेकुरा छाडेर जान्थे।
मलाई आइतबारबाट शुक्रबारसम्म कोभिड-१९ का लक्षणले सताइरह्यो। शुक्रबार बेलुका अलि ठिक भएको जस्तो भएको थियो। तर शनिबार विहानदेखि फेरि पुरै शरीर दुख्न थाल्यो। विशेषगरी कम्मरमुनि निकै दुख्थ्यो। पीडा सहनै गाह्रो हुन्थ्यो। त्यस्तो पीडा त मैले कहिल्यै भोगेको थिइनँ। गाडीले गाडीले खुट्टाहरू किचेको जस्तो दुख्यो। अत्यधिक डोजको सिटामोल खादा पनि ठिक भएन। ‘नर्मल लिभर’ भएकाले २४ घण्टामा ४ हजार मिलिग्राम सिटामोल खाँदा केही हुदैन। त्यति खाँदा पनि मेरो दुखाइमा रत्तिभर कमी आएन। मलाई अब मेरो जाने दिन आएछ भन्ने लाग्यो।

अस्पतालमा निर्देशकलाई फोन गरेँ। उनले अस्पताल भर्ना हुन सुझाव दिए। अस्पताल नजिकै बसेको थिएँ। केही भैहाल्यो भने पाँच मिनेटमा पुग्थेँ। श्रीमती विरामी भएका कारण उनलाई एक्लै घरमा छाडेर मलाई अस्पताल भर्ना हुन मन थिएन।
त्यस्तो अवस्थामा दुईजना दुईतिर हुँदा झनै कठिन हुन्छ जस्तो लाग्यो। छुट्टिएर बस्न मन लागेन। जे होला, होला केही दिन घरमै बसेर हेर्छु भन्ने अठोट गरे। खुट्टाहरू दुखेको कारण मशल ब्रेक डाउन भयो कि भन्ने शंका लाग्यो। भाइरल इन्फेक्सन हुँदा मसलहरू ब्रेक डाउन हुने गर्छ। त्यस्तो हुँदा पिसाब एकदमै कडा हुन्छ, कालो चिया जस्तो। पिसाबको मात्रा पनि कम हुन्छ। मलाई त्यस्तो भएको थिएन। आफैले आफैलाई सान्त्वना दिएँ।
दुखाइमा भने कुनै कमी आएन। अति भएपछि साथीहरूसँग एकदम कडा औषधी ‘अक्सिकोडोन’ मगाएँ। त्यो खाएपछि पिडा अलि कम भयो। खोकी अत्यधिक बढी थियो, बोल्नै नहुने गरी। लामो सास तान्न पनि गाह्रो भएको थियो। तथापी सास फेर्न गाह्रो हुने तथा अक्सिजनको मात्रा घट्ने चै भएको थिएन।
खोकीको लागि केही गरी पनि नभएपछि कडा औषधी ‘कोडिन’ खाए। त्यसले खोकी अलि कम भयो। दुई सातासम्म त्यो चलिरह्यो। औषधी यति धेरै खाइन्थ्यो। तर पनि राति निद्रा लाग्दैनथ्यो।
दश दिनपछि भने अलि निद्रा लाग्ने तथा दुखाई कम हुने भयो। दुई हप्तापछि ज्वरो पनि अलि कम भयो। खोकी भने अर्को एक सातासम्म लाग्यो। तीन हप्तामा धेरै सुधार आयो। स्वाद थाहा पाउन थालें। खाना रूच्न थाल्यो। भाग्यवश मलाई जस्तै श्रीमतीलाई पनि सास फेर्न गाह्रो भएन। उनलाई खोकी भने पाँच हप्तासम्म लागिरह्यो। त्यसपछि बिस्तारै कम भयो।
तीन सातापछि अमेरिका तथा नेपालमा रहेका आफन्तलाई फोन गरेर आफुलाई कोभिड-१९ भएको सुनाएँ। उहाँहरू छाँगाबाट खसेजस्तो हुनुभयो। कोही रूनु भयो, केही नभनेको भनेर रिसाउनु भयो, गाली गर्नु भयो।
बिरामी भएको बेला मैले परिवारको फोन खासै उठाइनँ। सबै ठीक छ भनेर म्यासेज गरिदिन्थेँ। अरूलाई तनाव नदिउँ भन्ने थियो। ती दिन सम्झिँदा अहिले पनि सपना जस्तै लाग्छ। तीन सातापछि अमेरिका तथा नेपालमा रहेका आफन्तलाई फोन गरेर आफुलाई कोभिड-१९ भएको सुनाएँ। उहाँहरू छाँगाबाट खसेजस्तो हुनुभयो। कोही रूनु भयो, केही नभनेको भनेर रिसाउनु भयो, गाली गर्नु भयो। ठीक भइसकेपछि भन्दा त्यति धेरै आत्तिनु भएको थियो। त्यसैले मैले कसैलाई नभनेर ठिकै गरेछु भन्ने लाग्यो।
कसरी भयो संक्रमण ?
मलाई कोभिड-१९ कसरी लाग्यो भन्ने अझै सोच्न सकेको छैन। सायद म त्यो पत्ता लगाउन पनि सक्दिनँ होला। शुरूमा चीनबाट आएको वा कोभिड-१९ संक्रमित धेरै भएको ठाँउबाट आएको मान्छेले सार्छ भन्ने थियो। तर पछि ‘समुदायमा संक्रमण’ पनि हुनथाल्यो। मलाई समुदायमा संक्रमण भएकाले सरेको होइन भन्नेमा म विश्वस्त छु किनभने विश्वव्यापी महामारी शुरु भएपछि म खासै बाहिर हिडेको थिइनँ। कोभिड-१९ लाग्ने अधिकांशमा (८० देखि ८५ प्रतिशतमा) लक्षण नै देखिँदैन। लक्षण देखिए पनि निकै कम हुने भएकाले मान्छेले बेवास्ता गर्छ।
मलाई लाग्छ, उपचार गर्ने क्रममा नै मलाई कोरोना संक्रमण भएको हो।
म मिसुरी राज्यको सेन्ट लुइस शहरमा अवस्थित सेन्ट लुइस विश्वविद्यालयसँग आवद्ध सेन्ट मेरिज अस्पतालमा इन्टरनल मेडिसिन डिपार्टमेन्ट एमडी गर्दै छु। म फाइनल इयरको विद्यार्थी हुँ। मार्च महिनाको अन्त्यतिर सेन्ट लुइसमा कोभिड-१९ का विरामी देखिन थालेको थियो। बिस्तारै संक्रमितको संख्या बढ्दै गयो। कोभिड-१९ का विरामीलाई अस्पतालको विशेष वार्डमा राखेर उपचार गर्नुपर्ने भएका कारण छुट्टै टीमको बनाउनु पर्ने भयो। संक्रमित बढी हुदा संक्रमणको जोखिम भएकाका लागि छुट्टै वार्ड र टीम बनाउन लागिएको थियो। सिनियर डाक्टर र एमडीमा अध्ययन गर्ने अन्तिम ब्याचका विद्याार्थीलाई समावेश गरी टीम बनाउने निर्णय भयो। त्यसै क्रममा अन्य साथीहरूसँगै म पनि उक्त टीममा समावेश भएँ।
शुक्रबारको दिन थियो। मलाई सोमबारदेखि कोभिड-१९ टीममा राखिएको जानकारी गराइयो। त्यसदिन देखि नै मलाई मनमा डर लागिरहेको थियो। आफै विरामी भइयो भने के गर्ने? घरमा श्रीमती छिन्। उनलाई सारियो भने के गर्ने? कसो गर्ने भन्ने डर भइरह्यो। तर, यही काम गर्न पढेको। किन डराउने भन्ने पनि भयो। एउटा लडाईमा जाँदा सेना डरायो भने कस्तो अप्ठ्यारो अवस्था आउँछ। मलाई पनि त्यस्तै भयो।
शुरूमा अस्पतालमा युनिभर्सल मास्क पोलिसी थिएन। त्यसैले बिरामी वा आफ्नै सहकर्मीलाई कोभिड-१९ लागेको छ तर लक्षण देखिएको छैन वा अरू कुनै परीक्षण नगरेको विरामीलाई जाँच गर्दा पनि सर्ने सम्भावना भयो। मलाई लाग्न त अस्पतालबाटै लाग्यो तर कसरी लाग्यो भन्ने उत्तरचैं पाउँदिनँ भन्ने थाहा छ।
विरामीको रिपोर्टहरू बनाउँदा हामीले कम्युटर टाइप गर्नुपर्ने हुन्छ। त्यो कम्युटर नर्सिङ स्टेसनमा हुन्छ। एक दिनमा हामीले कैयौं कम्युटर चलाउनुपर्ने हुन्छ। एउटै कम्युटर सयौंले चलाउछन्। सायद त्यहीबाट पो सर्यो कि? वा विरामीबाट पो सर्यो कि? वा लक्षण नदेखिएका सहकर्मीबाट पो लाग्यो कि? यसै भन्न सकिने अवस्था छैन।
अस्पतालमा सुरक्षा विधि अपनाइएको थिएन र?
अस्पतालबाट कोरोना भाइरस सरेको भन्दा त्यहाँ सुरक्षा विधी अपनाइएको थिएन र ? भन्ने प्रश्न आउन सक्छ।
सबै अस्पतालका आ-आफ्नो प्रोटोकल हुन्छन्। र त्यो प्रोटोकल समय-समयमा परिवर्तन भइरहन्छन्। अपडेट भइरहन्छन्। यो कोभिड-१९ बारे हामीले जानेको पनि कति नै भयो र? ५, ६ महिना त भयो। हरेक दिन यसबारे नयाँ-नयाँ तथ्य पत्ता लाग्दै जान्छ। त्यसअनुसार प्रोटोकल पनि परिवर्तन भइरहन्छ।
अमेरिकामा डब्लुएचओ र सेन्ट्रल अफ डिजिज कन्ट्रोल (सिडिसी)ले सकेसम्म पीपीई बचाउनु पर्ने गाइडलाइन बनाएको थियो। पीपीई पुनःप्रयोग गर्नु भन्ने निर्देशन थियो। पीपीईको अभाव भयो भने ‘बन्दुक छ गोली छैन’ भने जस्तै हुन्थ्यो। विरामीलाई हेर्न पनि गाह्रो हुन्थ्यो। त्यसलाई मध्यनजर गरेर हाम्रो अस्पतालमा पनि पीपीई बचाउने भन्ने निर्देशन थियो।
पीपीईको अभाव भयो भने ‘बन्दुक छ गोली छैन’ भने जस्तै हुन्थ्यो। विरामीलाई हेर्न पनि गाह्रो हुन्थ्यो। त्यसलाई मध्यनजर गरेर हाम्रो अस्पतालमा पनि पीपीई बचाउने भन्ने निर्देशन थियो।
एउटा रेगुलर सर्जिकल मास्क (एन-९५ पनि होइन) तीन दिनसम्म लगाउनु पर्ने थियो। एउटा मास्क दिइन्थ्यो। मास्क राख्ने कागजको ब्याग दिन्थ्यो। त्यो ब्यागमा आफ्नो नाम लेखेर राख्नुपथ्र्यो। कथंकदाचित त्यो मास्क बिग्रियो भने अर्को पनि दिन्थ्यो। नदिने भन्ने चै थिएन। तर सकेसम्म जोगाउन निर्देशन थियो।
पीपीई सही रूपमा प्रयोग गर्ने तालिम दिइएको थियो। अमेरिकामा पीपीईहरू लागाउने तालिम अरू समयमा पनि दिइन्छ। ‘इन्फेक्सन प्रिभेन्सन’ भन्ने अवधारणालाई यहाँ कडाइका साथ लागु गरिन्छ।
मैले कोभिड-१९ विरामी हेर्ने बेलासम्म ‘युनिभर्सल मास्क पोलिसी’ भन्ने थिएन। आफ्नो मास्क पनि लैजान पाइँदैनथ्यो। अहिले चै अस्पतालबाट छिर्नु अगाडी र बाहिर ननिस्कदासम्म मास्क लाउनैपर्छ। चाहे त्यो विरामी कोभिड-१९ को होस या अन्य।
कोभिड लागेको पनि सबैलाई अस्पताल भर्ना गर्नुपर्छ भन्ने छैन। जसलाई श्वासप्रस्वासमा समस्या हुन्छ वा अक्सिजन दिनुपर्छ त्यस्तो विरामीलाई मात्र अस्पतालमा भर्ना गराइन्छ। अस्पताल भर्ना भएकाहरूको पनि विभिन्न तह हुन्छ। निकै गम्भीर बिरामीलाई मात्र भेन्टिलेटरमा राख्नुपर्छ।
भेन्टिलेटरमा राख्नु नपर्ने तर अक्सिजन दिनुपर्ने विरामीलाई पनि दुई फरक वार्डमा राख्नुपर्छ। एउटा हुन्छ, जेनेरल मेडिकल वार्ड, जहाँ विरामीलाई १ देखि ६ लिटर अक्सिजन दिएर राखिन्छ। अर्को हुन्छ, नेगेटिभ प्रेसर वार्ड जहाँ ६, ७ लिटर भन्दा धेरै अक्सिजन दिनुपर्छ।
म चै जनरल मेडिकल वार्ड र बाइप्याप वार्डमा कार्यरत थिएँ। पीपीई नलगाईकन त विरामी हेर्न जाने कुरै भएन। हामीले सबै स्वास्थ्य सुरक्षा उपाय अपनाएका थियौं। तर पनि कसरी लाग्यो भनेर मैले पत्ता लागउन सकेको छैन।
संक्रमणको तीन हप्ता
संक्रमण पुष्टि भएपछि मैले घरायसी उपायहरू पनि अपनाएँ। औषधी पनि खाए। रसिलो खाने कुराहरू धेरै खाएँ। सुन्तला, कागती जस्ता भिटामिन ‘सी’ धेरै भएको कुरा धेरै मात्रामा खाएँ। शरीरमा पानीको मात्रा धेरै चाहिन्छ, त्यसैले जीवनजल धेरै खाएँ। अदुवा, मह, मरिच, कागती हालेर काँडापानी बनाएर खाँए। सिटामोल कति खाइयो, खाइयो। ‘इम्युटिनी’ बढाउनमा लागि भिटामिन ‘सी’ दिनको ४ देखि ५ हजार मिलिग्राम खाएँ। खोकीका लागि ‘जिथ्रोमाइसिन एन्टीबायटिक’ पनि खाए। प्रोटिनयुक्त खानेकुरा अण्डा, माछामासुहरू खाएँ।
मलाई तीन हप्तापछि कम हँुदै गयो। चौथो हप्तामा अस्पताल जान सक्छु कि भन्ने लागेको थियो। तर, कमजोरीका कारण एक हप्ता थप आराम गरे। पाँचौं हप्तामा म पुनः ड्युटीमा खटिएँ। श्रीमतीलाई भने पाँच हप्तासम्म लक्षण देखियो। त्यसपछि ठीक भयो।
फेरि कोभिड-१९ विरामीको सेवा
आफुलाई कोभिड-१९ हुनुअगाडी अस्पतालमा काम गर्दा जुन अत्यास लागेको थिया,। रोग निको भएर फर्किदा त्यस्तो भएन। चार हप्ताको आरमपछि अस्पाल फर्किएको थिए। मलाई ठुलै युद्ध जितेर फर्किए जस्तो भयो।
म पुनः अस्पताल फर्कदा क्लिनिक डिपार्टमेन्टमा एक हप्ता ड्युटि थियो। म निको भएर फर्किने थाहा भएपछि क्लिनिकका साथीहरूले फ्यारोल विलियम्सको ‘ह्याप्पी’ भन्ने गित बजाएर नाच्ने खुशी मनाउने योजना बनाएका रहेछन्। म जाने वित्तिकै त्यो गित बज्यो।
म पुनः अस्पताल फर्कदा क्लिनिक डिपार्टमेन्टमा एक हप्ता ड्युटि थियो। म निको भएर फर्किने थाहा भएपछि क्लिनिकका साथीहरूले फ्यारोल विलियम्सको ‘ह्याप्पी’ भन्ने गित बजाएर नाच्ने खुशी मनाउने योजना बनाएका रहेछन्। म जाने वित्तिकै त्यो गित बज्यो। साथीहरू एकछिन नाचे। मलाई सारै खुशी लाग्यो।
अहिले अस्पतालबाट कोभिड-१९ बिरामी निको भएर घर फर्कने बेला त्यो गित बजाउने चलन छ।
एकपटक लागेर ठिक भएका कारण अब केही समयसम्म नलाग्ला की भन्ने आशा छ। कोरोना भाइरस परिवारकै भएकै कारण सार्स र मर्श जस्तै कोभिड-१९ पनि एक पटक ठिक भएपछि लामो समय नलाग्ला भन्ने आश छ। तर यकिन गर्न सक्ने अवस्था छैन।
रोग निको भएर ड्युटीमा फर्किएका कारण अहिले विरामीलाई सल्लाह सुझाव दिन सजिलो भएको छ। अहिले विरामीलाई मेरो आफ्नै उदाहरण दिने गरेको छु। खानेकुराहरूमा सुझाव दिन सहज भएको छ। मेरो कुरा पहिलेभन्दा प्रभावकारी भएको छ।
अमेरिका यात्रा
नेपालमा मैले शिक्षा मन्त्रालयको छात्रवृत्तीमा मनिपाल शिक्षण अस्पतालबाट एमबीबीएस सकेको थिएँ। कलेज सकिएपछि दुई वर्ष सरकारी सेवा करारमा काम गरेँ। मेची अञ्चल अस्पताल र सुरूङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरे। त्यसपछि थप एक वर्ष बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालको आइसियुमा काम गरेँ। तीन वर्षको काम पछि म थप अध्ययनको लागि अमेरिका आएँ।
पढाइ सकेपछि मैले नेपालमा विभिन्न ठाँउमा फरक फरक तहमा बसेर काम गरे। तर त्यहाँ स्रोत साधन नभएका कारण किताबमा पढेको कुरालाई व्यवहारमा उतार्न मश्किल हुनेरहेछ। त्यसकारण स्रोत-साधन सम्पन्न देशमा गएर थप अध्ययन गरौ भन्ने लाग्यो। अनि म अमेरिका आएँ। अहिले म सेन्ट मेरिज अस्पतालमा इन्टरनल मेडिसिन डिपार्टमेन्ट छु। एमडी अन्तिम वर्षको अध्ययन गरिरहेको छु। यो सकेर क्यान्सर लागेको विरामीको सेवामा आफूलाई समर्पित गर्ने इच्छा छ।
लकडाउन नै उपाय हो?
कोभिडको रोगको ठोस उपचार पत्ता लागेको छैन। कोभिड-१९ को विरामीलाई प्रयोग गर्ने औषधि पनि निरन्तर परिवर्तन भइरहेको छ। अक्सिजन चाहिने र अस्पतालमा भएका बिरामीलाई शुरुमा मलेरियाको औषधि हाइड्रोअक्सिनक्लोरोक्विन र एजिथ्रोमाइसिजन भन्ने एन्टीबायोटिक औषधि दिइन्थ्यो। विभिन्न अनुसन्धानले त्यो औषधिले पनि राम्रो काम नगरेको भन्ने छ। अहिले र्याम्डेसिभिर भन्ने चलाइरहेका छौं। यसले सन्चो हुन १५ दिनबाट ११ दिनमा घटाएको भनिन्छ। जति जति नयाँ कुराहरू आयो त्यही अनुसार औषधिहरू पनि परिवर्तन भइरहेको छ। भविष्यमा अरू पनि निस्केला तर अहिले चै यो औषधीले केही हदसम्म काम गरेको भन्नेछ। मलेरियाको औषधीले काम गर्दैन भनेर धेरै अनुसन्धानले देखाएको छ।
कोभिड-१९ को भ्याक्सिन सम्पुर्ण टेष्ट पार गरेर उपलब्ध हुनलाई अझै ४ देखि ६ महिना लाग्छ भनिएको छ। त्यसपछि ‘मास प्रोडक्सन’ गरेर सर्वसाधारणमा पुग्न कति समय लाग्ने भन्ने यकिन छैन। कोभिड-१९ परीक्षण पिसिआर टेष्टबाट गरिन्छ। १०० जनामा रोग लागेको छ भने ६० देखि ७० जनामा मात्र देखिन्छ। त्यसैले यस्तो टेष्टबाट मात्र निष्कर्ष निकाल्दा धेरै विचार पुर्याउनुपर्छ।
यस्तो महामारी हुँदा लकडाउन लगाउनु र त्यसको कार्यान्वयन गर्नु आवश्यक हुन्छ। लकडाउनका दुई मुख्य प्रयोजन हुन्छ। एक- महामारी फैलिन नदिन। दुई- आवश्यक नीति नियम बनाउन र रोगसँग लड्ने सम्पुर्ण उपकरण वा हातहतियारको प्रबन्ध मिलाउन।

दुई तीन महिनासम्म लकडाउन गरिन्छ तर नीति नियम बन्दैन र उपकरणहरूको प्रबन्ध पनि गरिदैनन भने त्यसले झन विकराल समस्या निम्त्याउछ। जस्तै आर्थिक मन्दी, भोकमरी, बेरोजगारी, लुटपाट जस्ता कुराहरू बढ्छन्। साथसाथै मानसिक रोगहरू बढ्छन्। विश्वभर आत्महत्या गर्नेको संख्या बढीरहेको समाचार आइरहेका छन्। यही भएर लकडाउन गर्दा आवश्यक नीति नियम बनेन र त्यहाँको अस्पतालले आवश्यक तयारी गरेन भने लकडाउनको औचित्य हुँदैन।
लकडाउन खोल्दा विश्व स्वास्थ्य संगठनको मार्गनिर्देशन पालना गर्नुपर्छ। सरकारी अस्पतालहरू जहाँ विरामीको चाप अत्याधिक हुन्छन्, त्यहाँ पर्याप्त मात्रामा पीपीईको व्यवस्था गर्नुपर्छ। सास फेर्न गाह्रो नभएकाहरूलाई अस्पतालमा राख्न आवश्यक छैन। घरमै सचेत भएर सेल्फ आइसोलेसन बस्दा हुन्छ। स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई निरन्तर रूपमा परीक्षण गरिरहनुपर्छ।
(अमेरिकाको मिसुरी राज्यमा कार्यरत डा. बराकोटीसँग सुजन श्रेष्ठले गरेको कुराकानीमा आधारित।)
" /> भिष्म बराकोटीत्यो ५ अप्रिल आइतबारको दिन थियो। बिहान उठ्दा अलि असजिलो महशुस भयो। जिउ भारी लागेको थियो। दिउँसो टाउको दुख्यो। घाँटी पनि दुख्न थाल्यो। आफैले कोभिड-१९ का विरामीलाई उपचार गरिरहेका कारण मलाई शंका लाग्यो। मुटु नै चिसो भयो। तत्काल अस्पतालको निर्देशकलाई फोन गरे। उहाँ सरुवा रोग विशेषज्ञ हुनुहुन्थ्यो। उहाँले कोभिड-१९ को परीक्षण गर्न सल्लाह दिनुभयो। मन झनै अत्तालियो। मैले फोनमा अपोइन्टमेन्ट लिएँ। सोमबारका लागि समय पाएँ।

">