बाह्रौं शताब्दीको मस्जिदमा एक हजारभन्दा बढी परेवाले भोकभोकै ज्यान गुमाए <p>काबुल। अफगानिस्ताको मजार-ए-सरिफ मस्जिदमा पालिएका एक हजारभन्दा बढी परेवाले भोकभोकै ज्यान गुमाएका छन्।</p> <p>लकडाउनका कारण मस्जिदमा भक्तजन आउन छाडे। भक्तजनले दिएको चारो खाएर बाँचिरहेका परेवाले धमाधम ज्यान गुमाइरहेका छन्।</p> <p>यो मस्जिद बाह्रौं शताब्दीमा बनेको हो। यसलाई नीलो मस्जिद पनि भनिन्छ। किनकि, यसका भित्तामा नीलो रंग लगाइएको छ।</p> <p>मस्जिदमा सेतो रंगका परेवा पालिएका छन्। मस्जिदको रेखदेख गर्ने कायुम अन्सारीले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार लकडाउनयता चारो नपाएर परेवाले ज्यान गुमाएका हुन्। मरेका परेवालाई मस्जिद परिसरमा गाड्ने गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्