वुहान र बेइजिङबीच हवाई सेवा शुरु
<p>बेइजिङ। कोरोना भाइरसको उद्‍गम थलो चीनको हुबेई प्रान्तको वुहान शहर र राजधानी बेइजिङबीच सीधा हवाई सेवा पुनः शुरु भएको छ।</p>
<p>कोरोना भाइरस संक्रमण शुरु भएयता दुई शहरबीच हवाई सम्पर्क विच्छेद थियो। हिजोदेखि पुनः व्यावसायिक उडान शुरु भएको हो।</p>
<p>चाइना साउदर्न एअरलाइन्सले दैनिक ‘राउन्ड ट्रिप’ उडान गर्नेछ। साँझ चार बजे वुहानबाट उड्ने विमान ६ बजेर पाँच मिनेटमा बेइजिङमा अवतरण गर्नेछ। र, एक घण्टापछि पुनः वुहान फर्किनेछ।</p>
<p>वुहान-बेइजिङ आउजाउ गरेवापत यात्रीले १४ दिन क्‍वारेन्टाइनमा बिताउनुपर्ने छैन।</p>
प्रतिक्रिया दिनुहोस्
