सिरहाका २० जनाले जिते कोरोना भाइरसलाई
लहान। सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाई मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर हिजो घर फिरेका छन्।

उक्त अस्पतालको आइसोलेसनमा २६ जनाको उपचार भइरहेको थियो। तीमध्येका २० जना एकै दिन कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्किएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष मण्डलले जानकारी दिए।

उपचारपछि घर फर्किनेमा सिरहाका १९ र सप्तरीका एक जना छन्। बाँकी ६ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू पनि केही दिनभित्रै घर फर्किने डा. मण्डलले बताए।

यसैबीच, सिरहामा एकै दिन थप १२ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ। उनीहरूलाई अस्पताल ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले बताए।

थपिएका संक्रमितमा सिरहा नगरपालिकाका १० तथा सुखीपुर र बरियारपट्टी गाउँपालिकाका १-१ जना छन्। यससँगै सिरहामा कोरोना संक्रमितको संख्या  ६१ पुगेको छ। रासस

प्रतिक्रिया दिनुहोस्