चितवन। भरतपुुर महानगरपालिकाको अगुवाइमा स्थापना गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा भएको अनियमितता र चोरीको विषयमा प्रहरीमा जाहेरी दर्ता भएको छ।
भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित उपप्रमुखसहित वडाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यका तर्फबाट तीनजना वडाध्यक्षले जाहेरी दर्ता गरेका हुन्।
अस्पतालमा भएको चोरीको विषयमा निष्पक्ष छानबिन गर्न उनीहरूले महानगर प्रमुखसँग माग गर्दै आएका थिए। कोरोना अस्पतालको स्टोरबाट सामान बोकेर बाहिरिँदै गरेको सीसीटिभी फूटेज बाहिरिएपछि उनीहरूमाथि कारबाहीको माग जनप्रतिनिधिहरूले गर्दै आएका थिए।
फूटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले अस्पतालमा छापा मारेर कागजात लगेको छ। आफूहरूको माग सुनुवाइ नभएको भन्दै जनप्रतिनिधिहरूका तर्फबाट वडाध्यक्ष चित्रसेन अधिकारी, चन्द्रमित्र पण्डित र दामोदर न्यौपानेले सामूहिकरूपमा उजुरी दर्ता गराएका हुन्। रासस
" /> चितवन। भरतपुुर महानगरपालिकाको अगुवाइमा स्थापना गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा भएको अनियमितता र चोरीको विषयमा प्रहरीमा जाहेरी दर्ता भएको छ।भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित उपप्रमुखसहित वडाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यका तर्फबाट तीनजना वडाध्यक्षले जाहेरी दर्ता गरेका हुन्।

">