कैलाली। कैलालीमा बलात्कारको आरोपमा ४ जना युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दिप ठकुल्ला, २१ वर्षीय दीपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दीपक ठकुल्ला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
आज बिहान टीकापुर नगरपालिका- १ स्थित रानीकुलो किनारमा १४ वर्षीय तीन बालिकामाथि जबरजस्तीकरणी गरी फरार भएको आरोपमा उनीहरूलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए।
उनले ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिइएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको बताए।
पक्राउ परेकाहरूलाई कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको र अन्य फरारको खोजी भइरहेको डीएसपी बिष्टले बताए।
पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ।
" /> कैलाली। कैलालीमा बलात्कारको आरोपमा ४ जना युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दिप ठकुल्ला, २१ वर्षीय दीपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दीपक ठकुल्ला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

">