काठमाडौं। नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करीब साढे पाँच करोड भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ।

सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेकाले छानबिन तथा अनुसन्धान गरी कारबाही गरी पाउँ भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो। उनीविरुद्ध अख्तियारले बिगो पाँच करोड ४३ लाख २७ हजार ९९ रूपैयाँ कायम गरेर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

१ पुस २०५४ मा अमिन पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका काफ्लेले ३० वैशाख २०७६ सम्मको अवधिमा गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ। उनले भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आफू र श्रीमती सुशीला काफ्लेको नाममा ३३ कित्ता भन्दा बढी जग्गा जमिन खरिद गर्दा रजिष्ट्रेशन लिखतमा वास्तविक भुक्तानी मूल्यभन्दा न्यून रकम देखाई जग्गाधनीहरूलाई वास्तविक कारोबारको रकम भुक्तानी दिएको अनुसन्धानको क्रममा जग्गा बिक्रेताहरूको बयान र भुक्तानी भएका चेक तथा बैंक स्टेटमेन्टबाट पुष्टि भएको छ।

उनकाे वैध आय एक करोड ७४ लाख १४ हजार ५० मात्रै रहेको र सोही अवधिमा सात करोड १७ लाख ४१ हजार १५० रकम आम्दानी तथा खर्च भएको देखिएको छ।

अख्तियारले काफ्लेकी श्रीमतीलाई पनि प्रतिवादी कायम गरी निजको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न माग गर्दै मुद्दा दायर गरेको हो।

" /> काठमाडौं। नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करीब साढे पाँच करोड भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ।

सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेकाले छानबिन तथा अनुसन्धान गरी कारबाही गरी पाउँ भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो। उनीविरुद्ध अख्तियारले बिगो पाँच करोड ४३ लाख २७ हजार ९९ रूपैयाँ कायम गरेर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

१ पुस २०५४ मा अमिन पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका काफ्लेले ३० वैशाख २०७६ सम्मको अवधिमा गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ। उनले भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आफू र श्रीमती सुशीला काफ्लेको नाममा ३३ कित्ता भन्दा बढी जग्गा जमिन खरिद गर्दा रजिष्ट्रेशन लिखतमा वास्तविक भुक्तानी मूल्यभन्दा न्यून रकम देखाई जग्गाधनीहरूलाई वास्तविक कारोबारको रकम भुक्तानी दिएको अनुसन्धानको क्रममा जग्गा बिक्रेताहरूको बयान र भुक्तानी भएका चेक तथा बैंक स्टेटमेन्टबाट पुष्टि भएको छ।

उनकाे वैध आय एक करोड ७४ लाख १४ हजार ५० मात्रै रहेको र सोही अवधिमा सात करोड १७ लाख ४१ हजार १५० रकम आम्दानी तथा खर्च भएको देखिएको छ।

अख्तियारले काफ्लेकी श्रीमतीलाई पनि प्रतिवादी कायम गरी निजको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न माग गर्दै मुद्दा दायर गरेको हो।

"> नापी कार्यालय भक्तपुरका सर्वेक्षकविरुद्ध साढे पाँच करोडको भ्रष्टाचार मुद्दा दायर: Dekhapadhi
नापी कार्यालय भक्तपुरका सर्वेक्षकविरुद्ध साढे पाँच करोडको भ्रष्टाचार मुद्दा दायर
काठमाडौं। नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करीब साढे पाँच करोड भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ।

सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेकाले छानबिन तथा अनुसन्धान गरी कारबाही गरी पाउँ भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो। उनीविरुद्ध अख्तियारले बिगो पाँच करोड ४३ लाख २७ हजार ९९ रूपैयाँ कायम गरेर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

१ पुस २०५४ मा अमिन पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका काफ्लेले ३० वैशाख २०७६ सम्मको अवधिमा गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ। उनले भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आफू र श्रीमती सुशीला काफ्लेको नाममा ३३ कित्ता भन्दा बढी जग्गा जमिन खरिद गर्दा रजिष्ट्रेशन लिखतमा वास्तविक भुक्तानी मूल्यभन्दा न्यून रकम देखाई जग्गाधनीहरूलाई वास्तविक कारोबारको रकम भुक्तानी दिएको अनुसन्धानको क्रममा जग्गा बिक्रेताहरूको बयान र भुक्तानी भएका चेक तथा बैंक स्टेटमेन्टबाट पुष्टि भएको छ।

उनकाे वैध आय एक करोड ७४ लाख १४ हजार ५० मात्रै रहेको र सोही अवधिमा सात करोड १७ लाख ४१ हजार १५० रकम आम्दानी तथा खर्च भएको देखिएको छ।

अख्तियारले काफ्लेकी श्रीमतीलाई पनि प्रतिवादी कायम गरी निजको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न माग गर्दै मुद्दा दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस्