काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ।
अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आईएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आईएसओ १५१८९ः २०१२’ को प्रमाणपत्र प्रदान गरेको हो।
नेपालस्थित संगठनका प्रतिनिधि डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा. रुना झालाई आज यहाँ आयोजित कार्यक्रममा उक्त प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
प्रयोगशालाबाट एकपटक परीक्षण भएपछि त्यसले अन्तर्राष्ट्रियस्तर मान्यता पाउने गर्छ। यसअघि अन्तर्राष्ट्रिय मापदण्डको मान्यता पाउने चारवटा निजी क्षेत्रका प्रयोगशाला छन्।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड-१९)को लडाइँ लडिरहेका बेला सरकारी प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउनु खुशीको कुरा भएको बताए। उनले पहिले दैनिक १०० मात्र गरिने कोभिड-१९ को परीक्षणलाई हजारको संख्यामा प्रयोगशालाले पुर्याएको समेत बताए।
मन्त्री ढकालले कोभिड-१९ बाट मुलुक आक्रान्त नभएको भए यतिबेला स्वास्थ्य सेवामा सुधार आएको अनुभूति नागरिकलाई दिलाउने सकिने बताए। उनले अहिले मन्त्रालय विशिष्ट श्रेणीका कर्मचारीका सरुवा सहमतिकै आधारमा गरिएकाले अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरे।
प्रमाणपत्र बुझ्दै प्रयोगशालाकी निर्देशक डा. झाले प्रयोगशालाका कर्मचारीको अथक प्रयासले अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको बताए। उनले पाँच वर्षदेखि नै प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कोसिस गरे तापनि औपचारिकरूपमा एक वर्षअघिदेखि काम गरिएको उल्लेख गरे।
“अन्तर्राष्ट्रिय मान्यता पाएसँगै अब हाम्रो सेवा पनि गुणस्तरीय, विश्वसनीय छ”, उनले भने, “अब हामीले कुनै पनि नमूना परीक्षण गर्नका लागि बाहिर पठाउनु पर्दैन।” उनका अनुसार प्रयोगशालाले उक्त मान्यता पाउनका लागि सयभन्दा बढी प्रमाण आईएसओलाई बुझाउनुपरेको समेत बताए।
प्रमाणपत्र दिनुभन्दा अगाडि भारत, दुवई र न्यूजिल्याण्डबाट आएका विज्ञहरूको टोलीले प्रयोगशालामा भएका विविध कुराको अध्ययन अनुसन्धान गरेका थिए। गुणस्तर तथा तालिम शाखा प्रमुख लिली श्रेष्ठले गत साउनदेखि मान्यता पाउनका लागि आफूहरूले प्रक्रिया शुरू गरेको बताए।
“हामीले साउनदेखि प्रक्रिया शुरू गर्दा आईएसओका विज्ञ टोली आएर हाम्रो प्रयोगशालाका बारेमा अध्ययन गर्नुभयो”, उनले भने, “त्यही विज्ञ टोलीको सिफारिसमा हामीले मान्यता पाएका हौँ।” उनका अनुसार नेपालले ६४ वटा परीक्षणमा मान्यता पाएको हो। अहिले प्रयोगशालाले १०० भन्दा बढी परीक्षण गर्दै आइरहेको छ।
यसअघि कोभिड-१९ का पहिलो संक्रमित युवाको स्वाबको नमूना परीक्षण गर्नका लागि हङकङ पठाइएको थियो। प्रयोगशालाका निर्देशक डा. झाले प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाए पनि भौतिक पूर्वाधारमा कमजोर रहेकाले नयाँ भवन बनाएर व्यवस्थित बनाइने बताए।
कार्यक्रममा आईएसओका प्रतिनिधि डा. जोशीले विभिन्न अध्ययन अनुसन्धान गरेर नै प्रयोगशालाको अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता दिएको बताए। उनले अब यही प्रयोगशालाले परीक्षणको रिपोर्ट दिएपछि अन्तर्राष्ट्रियस्तरमा मान्यता पाउने बताए।
मन्त्रालयको प्रमुख जनस्वास्थ्य विशेषज्ञ डा. रोशन पोखरेलले सरकारी प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मान्यता पाउने खुशीको कुरा भएको बताए।
प्रयोगशालामा बर्सेनि करीब एक लाखभन्दा बढी परीक्षण गरिँदै आइएकाे छ। रासस
" /> काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ।अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आईएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आईएसओ १५१८९ः २०१२’ को प्रमाणपत्र प्रदान गरेको हो।

">