स्राेत नखुलेको आठ लाख रूपैयाँसहित एकजना पक्राउ <p>काठमाडौं। रौतहटमा स्राेत नखुलेको आठ लाख रूपैयाँसहित एक युवक पक्राउ परेका छन्।</p> <p>गौर नगरपालिका-४, टिकुलिया बकैया नदीको बाँधनजिकैबाट प्रहरीले ईशनाथ नगरपालिका-४, महुलिया मठिया टोलका २० वर्षीय धर्मेन्द्र साहलाई पक्राउ गरेकाे हाे।</p> <p>२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका साहलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त नगद फेला पारेको हो।</p> <p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्