सुदूरपश्‍चिममा १० जना कोरोना संक्रमित थपिए
कैलाली। सुदूरपश्चिममा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गरुदा थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

आज थप भएका संक्रमितहरूमा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एक/एक जना छन्।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १५७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्