कैलाली। सुदूरपश्चिम प्रदेशमा पहिलोपटक सुरक्षाकर्मीमा कोभिड-१९ देखिएको छ।
सेती प्रादेशिक अस्पतालले हिजो जारी गरेको सूचनामा कोरोना पुष्टि भएका ३७ जनामध्ये तीनजना कञ्चनपुरमा कार्यरत प्रहरी छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले दुईजना महिला र एक जना पुरुष गरी तीनजना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि गरे।
उनीहरूमध्ये दुईजना भारतसँग जोडिएको सीमानाका गड्डाचौकीमा भारतबाट आउने नेपालीहरूको उद्धार र समन्वयमा खटिएका थिए।
त्यस्तै एकजना प्रहरी क्वारेन्टाइनको सुरक्षार्थ खटिएको सुवेदीले देखापढीलाई बताए।
तीनैजना संक्रमित प्रहरीहरूको महाकाली अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा पहिलोपटक सुरक्षाकर्मीमा कोभिड-१९ देखिएको छ।सेती प्रादेशिक अस्पतालले हिजो जारी गरेको सूचनामा कोरोना पुष्टि भएका ३७ जनामध्ये तीनजना कञ्चनपुरमा कार्यरत प्रहरी छन्।

">