भारतको तेलंगनामा फिल्म र टीभीको सुटिङ थाल्न अनुमति
<p>नयाँदिल्ली। ‘अनलक-१’ योजना ल्याएर लकडाउन खुकुलो बनाउँदै लगिएको भारतको तलंगना राज्यमा फिल्म र टीभी कार्यक्रमको सुटिङ फेरि शुरु गर्न अनुमति दिइएको छ।</p>
<p>मुख्यमन्त्री चन्द्रशेखर रावले सीमित संख्यामा जम्मा भएर सरकारी दिशा निर्देश पालना गर्दै सुटिङ थाल्न अनुमति दिइएको बताए। निर्माता-निर्देशकहरूले पोस्ट प्रोडक्सनको काम पनि शुरु गर्न सक्ने उनको भनाइ छ।</p>
<p>सिनेमा हलहरू भने तत्काल नखुल्ने उनले स्पष्ट गरे। हालै ख्यातिप्राप्त अभिनेताहरूले मुख्यमन्त्री रावलाई भेटेर सुटिङ शुरु गर्ने वातावरण तयार पार्न आग्रह गरेका थिए। तमिल भाषा र बलिउडका फिल्महरू तेलंगनामा सुटिङ हुने गरेका छन्।</p>
<p>विज्ञहरूको भनाइमा कोरोना भाइरसको महामारीबाट भारतीय फिल्म उद्योगमा भएको नोक्सानी कभर गर्न आगामी दुई वर्ष लाग्‍न सक्छ। हालसम्म १५ सय करोड रुपैयाँको नोक्सानी भइसकेको अनुमान छ।</p>
प्रतिक्रिया दिनुहोस्
