भारतमा २४ घण्टामा थपिए नौ हजार ९८७ संक्रमित
<p>नयाँदिल्ली। भारतमा हिजो एकै दिन कोरोना भाइरसका नौ हजार नौ सय ८७ नयाँ संक्रमित थपिएका छन्। यो हालसम्मको सबैभन्दा ठूलो संख्या हो।</p>
<p>त्यससँगै भारतमा दुई लाख ६६ हजार पाँच सय ९८ जनामा कोभिड-१९ पोजिटिभ पाइएको छ। तीमध्ये एक लाख २९ हजार नौ सय १७ जनामा भाइरस सक्रिय छ। अर्थात्, लक्षण देखिइरहेको छ।</p>
<p>यस्तै, एक लाख २९ हजार दुई सय १४ जना उपचारपछि घर फर्किसकेका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन सय ३१ जनाको मृत्यु भएको छ। त्यससँगै मृतक संख्या सात हजार चार सय ६६ पुगेको छ।</p>
<p>मन्त्रालयका अनुसार हालसम्म ४९ लाख १६ हजार एक सय १६ जनाको नमूना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पनि एक लाख ४१ हजार ६ सय ८२ वटा नमूना संकलन भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
