भरतपुर अस्पतालमा मृत्यु भएका संक्रमितको उपचारमा संलग्न चिकित्सकमा पनि कोरोना संक्रमण

काठमाडौं। भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमित बिरामीको उपचारमा संलग्‍न चिकित्सकलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

आज बिहान मृत्यु भएका ६८ वर्षीय व्यक्तिको पाँच दिनदेखि नारायणी सामुदायिक अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको थियो।

त्यहीं उपचारमा संलग्‍न रहेका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारीले जानकारी दिए।

हिजो मृतक व्यक्ति र उनको उपचारमा संलग्न चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको थियो। भरतपुर महानगरपालिका ११ घर भएका ६८ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि हिजो साँझ नारायणी अस्पतालबाट भरतपुर अस्पतालको आईसीयूमा सारिएको थियो।

आईसीयूमा नै उपचार भइरहेको बिरामीलाई नारायणी अस्पतालले संक्रमण पुष्टि भएपछि समन्वय नै नगरेर अक्सिजनको भरमा भरतपुर अस्पताल पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्