बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानबाट झापाका २८ संक्रमित डिस्चार्ज <p>काठमाडौं। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्&zwj;ठान धरानमा उपचाररत झापाका २८ कोरोना संक्रमित डिस्चार्ज भएका छन्।</p> <p>उनीहरूका पछिल्ला रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्&zwj;ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।</p> <p>१८ वर्षदेखि ५६ वर्ष उमेरका उनीहरूलाई डिस्चार्ज गरिएको हो। उनका अनुसार अब प्रतिष्&zwj;ठानको आइसोलेसनमा ५५ जना संक्रमितको उपचार भइरहेको छ। योसहित धरानबाट अहिलेसम्म ६१ जना संक्रमित डिस्चार्ज भइसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्