एम्बुलेन्स दुर्घटनामा ५ कोरोना संक्रमित घाइते
<p>अर्घाखाँची। कोरोना संक्रमितलाई आइसोलेसनमा लिएर आउँदै गरेको एम्बुलेन्स गए राति दुर्घटना हुँदा पाँच संक्रमित घाइते भएका छन्।</p>
<p>सन्धिखर्क नगरपालिका ७ चन्द्रप्रभा माविको क्‍वारेन्टाइनबाट कोरोना संक्रमित लिएर वडा नम्बर १ हटारीनेटाको आइसोलेसनमा आउँदै गर्दा खाँचीकोट डिहिडाँडा फर्जेङ खोला बजार नजिकै लु१च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।</p>
<p>घाइते पाँचै जनाको हटारीनेटाको आइसोलेसन वार्डमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव बुढाथोकीले जानाकारी दिए। <em><strong>रासस</strong></em></p>
प्रतिक्रिया दिनुहोस्
