रूपन्देहीमा हत्या भएका पाँचैजनाको सनाखत, एक पक्राउ

काठमाडौं। रुपन्देहीको तिलोत्तमामा रहेको एक भैंसीफार्ममा हत्या गरिएका पाँचैजनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार हत्या गरिएकामा एकजना महिला र चारजना पुरुष छन्।

तिलोत्तमा नगरपालिका १० को कान्छीबजारमा पाँचैजनाको गएराति सामुहिक हत्या भएको हो। हत्या गरिएकाहरुमा माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी रहेको प्रहरीले जनाएको छ।

उनीहरुको सनाखत भए पनि ठेगाना भने खुलिसकेको छैन। चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो।

प्रहरीले अनुसन्धानका लागि एकजनालाई नियन्त्रणमा लिएको छ। सुर्खेतका झसेन्द्र सिंजालीलाई प्रहरीले पक्राउ गरेको हो। स्थानीय कृष्ण पुनको भैंसीफार्ममा काम गर्ने पाँचैजनाको बन्चरो प्रहार गरेर हत्या गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हेमकुमार थापाले घटनाको आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी चौकी लगायतको टोली अहिले घटनास्थलमा नै छ।

घटनास्थलको मुचुल्का संकलन गर्ने काम भइरहेको रुपन्देही प्रहरीले जनाएको छ। ५ नम्बर प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारको नेतृत्वमा अनुसन्धान टोलीसमेत गठन गरेको छ। एसएसपी वैदवारले आफू घटनास्थलतर्फ गइरहेको र घटना के कसरी भएकोे भन्ने अनुसन्धानपछि खुल्ने देखापढीलाई जानकारी दिए।

यो पनि पढ्नुहोस्

रूपन्देहीमा ५ जनाको सामुहिक हत्या

प्रतिक्रिया दिनुहोस्