बेलायतबाट नेपाल फर्किन चाहन्छन् ३९१ जना
लन्डन। बेलायतबाट नेपाल फर्कन तीन सय ९१ जनाले इच्छा देखाएका छन्।

उनीहरूको विवरण नेपाल पठाइएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। लकडाउनका कारण स्वदेश फर्किन नपाएकाहरूको विवरण संकलन गरी दूतावासले काठमाडौं पठाएको हो।

दूतावासका प्रवक्ता शरदराज आरणका अनुसार तीमध्ये भिसाको म्याद सकिएका र यसै महीना सकिने अवस्थामा रहेका एक सय ५४ जना छन्।

यस्तै, रोजगारी गुमाएर घर फर्किन खोजेका ९४, अध्ययनका लागि आएका र अध्ययन पूरा गरेका ५०, नेपाल सरकारले तालिमका लागि पठाएका नेपाली सेनाका अधिकृत र कर्मचारी पाँच जना, परीक्षा र तालिमका लागि आएका चिकित्सक र कर्मचारी २१ तथा पारिवारिक वा अन्य कारणले नेपाल फर्कनुपर्ने ६५ जनाले स्वदेश फर्किन आवेदन दिएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्