३१ जनामा संक्रमण पुष्टि, सन्धिखर्क नगरपालिका कार्यालय बन्द
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका पदाधिकारीसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय आजदेखि बन्द भएको छ ।

नगरपालिकामा कायर्रत कर्मचारीको आज स्वाब संकलन गरी परीक्षणका लागि पठाइने र पीसीआर रिपोर्ट नआउँदासम्म सेवा बन्द गरिने भएको छ ।

यस्तै, नगरपालिकामा पछिल्ला १० दिनसम्म नियमित कामकाजमा खटिएका सम्पूर्ण कर्मचारीलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ ।

पीसीआर रिपोर्ट नआउँदासम्म कार्यालयको सम्पूर्ण कामकाज तथा सेवा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्