सुदुरपश्चिम प्रदेशमा संक्रमित संख्या १४७

कैलाली । सुदूरपश्‍चिममा सोमबार थप ३७ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको सङख्या १४७ पुगेको छ ।

धनगढीको प्रयोगशालाबाट १३०, सुर्खेतबाट १२ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै १८ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भइसकेको छ । एक जनालाई भने थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

बाँकी १२६ जनालाई सुदूरपश्‍चिम र कर्णाली प्रदेशका विभिन्‍न अस्पताल र क्‍वारेन्टाइनमा राखिएको छ ।

सबैभन्दा बढी कैलालीमा ४८ जना, कञ्‍चनपुरमा ३२, अछाममा १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीमा १०, बझाङमा ८, बैतडीमा ६ र बाजुराका ३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्