रूपन्देहीमा ५ जनाको सामुहिक हत्या

काठमाडौं। रूपन्देहीको तिलोत्तमामा रहेको एक भैंसीफार्ममा काम गर्ने ५ जनाको विभत्स रुपमा सामुहिक हत्या भएको छ।

तिलोत्तमा नगरपालिका १० कान्छीबजारमा रहेको फार्ममा काम गर्ने ५ जनाको हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

स्थानीय कृष्ण पुनको भैंसी फार्ममा काम गर्ने कामदारको हत्या भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिए। मृतकहरूको पहिचान हुन सकेको छैन।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ। पाँचै जनाको हत्या गरेर तन्नाले ढाकेको अवस्था शवहरु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

“पाँचजनाको हत्या भएको छ। अहिले प्रहरी घटनास्थलमा पुगेर अध्ययन गर्दैछ,” एसपी थापाले भने, “त्यसपछि मात्रै घटनाको बारेमा विस्तृत जानकारी आउँला।”

प्रतिक्रिया दिनुहोस्