गण्डकी प्रदेशमा २४ जना संक्रमित थपिए

काठमाडौं । गण्डकी प्रदेशमा आज थप २४ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको नमुना परीक्षणमा नवलपरासी, म्याग्दी र बाग्लुङका २४ जनामा संक्रमण पुष्टि भएको हो।

नवलपरासी बर्दघाट सुस्ता पूर्वको बौदीकाली गाउँपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको छ। क्‍वारेन्टाइनमा रहेका ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ।

उनीहरूलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ। यस्तै म्याग्दीको बेनी नगरपालिकाका ४६ वर्षका १ जना पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ।

बाग्लुङको निसीखोला गाउँपालिकाका वर्ष २१, २६ र २७ का ३ जना पुरुष र सोही जिल्ला बरेङ गाउँपालिका घर भएर क्‍वारेन्टाइनमा रहेका २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ।

उनीहरूलाई सरकारी अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्