भौतिक दूरी कायम गर्नुपरेको यो नमिठो समयमा चराचुरूंगी र मानिसबीचको दूरी भने घटिरहेको छ। मानिसहरूको ओहोरदोहोर, भीडभाड र हल्लाखल्लाबीच आफ्नो गुँड पनि बनाउने ठाउँ पनि नपाउने चराचुरूंगी अहिले मानिसको नजिकै आएका छन्। करेसाबारी र घर(आँगनमै चराचुरूंगीले गुँड बनाउन थालेका छन्।
"मानिस देख्नासाथ उड्ने चराहरू अहिले स्वर मच्चाउँदै आहारा माग्न थालेका छन्," धनगढी उपमहानगरपालिका-५ की दुर्गा उपाध्याय भन्छिन्, "बिहान उठ्नेबित्तिकै टोकुलाझैं गरेर चराहरू नजिक आउँछन्। चामल छरिदिएपछि बल्ल चुप लाग्छन्।"
कसरी नजिक हुन थाले त चराहरू ? कैलालीका विजय श्रेष्ठ यसको श्रेय मानिसको चेतनामा आएको परिवर्तनलाई दिन्छन्। डल्फिन तथा चरा संरक्षणका अभियन्ता हुन्, श्रेष्ठ।
"पहिला-पहिला चराहरूको शिकार गर्ने, अण्डा खाइदिने मानिसहरूले पनि अचेल दानापानी दिने, गुँड देखे जोगाइदिने गर्न थालेका छन्," श्रेष्ठ भन्छन्, "त्यसैले चराहरू मानिससँग निजिकिएका छन्।"
यसरी नजिकिएका चराहरूले घरभित्रै समेत गुँड लगाउन थालेका छन्। गुँडमा चराले अण्डा कोरलेको, नयाँ बचेराहरूलाई दाना खुवाएको र ती बचेरा प्वाँख उम्रेपछि उडिगएको देख्न पाउनु मानिसको अहोभाग्य होइन त ?

मानिस फेरिएपछि चराहरू साथी बन्न थालेका छन्: Dekhapadhi
मानिस फेरिएपछि चराहरू साथी बन्न थालेका छन्

कैलाली । विश्‍वव्यापी महामारी कोभिड-१९ का कारण मानिसहरू अलग्गिएका छन्। विश्‍व स्वास्थ्य संगठनले नै ‘भौतिक दूरी’ कायम गर्न भनेको छ। एक अर्कोबीच कम्तिमा डेढ मिटर दूरी कायम गर्दा कोरोना भाइरस संक्रमण हुने जोखिम कम हुने विज्ञहरूको राय छ।

भौतिक दूरी कायम गर्नुपरेको यो नमिठो समयमा चराचुरूंगी र मानिसबीचको दूरी भने घटिरहेको छ। मानिसहरूको ओहोरदोहोर, भीडभाड र हल्लाखल्लाबीच आफ्नो गुँड पनि बनाउने ठाउँ पनि नपाउने चराचुरूंगी अहिले मानिसको नजिकै आएका छन्। करेसाबारी र घर(आँगनमै चराचुरूंगीले गुँड बनाउन थालेका छन्।

"मानिस देख्‍नासाथ उड्ने चराहरू अहिले स्वर मच्चाउँदै आहारा माग्न थालेका छन्," धनगढी उपमहानगरपालिका-५ की दुर्गा उपाध्याय भन्छिन्, "बिहान उठ्नेबित्तिकै टोकुलाझैं गरेर चराहरू नजिक आउँछन्। चामल छरिदिएपछि बल्ल चुप लाग्छन्।"

कसरी नजिक हुन थाले त चराहरू ? कैलालीका विजय श्रेष्‍ठ यसको श्रेय मानिसको चेतनामा आएको परिवर्तनलाई दिन्छन्। डल्फिन तथा चरा संरक्षणका अभियन्ता हुन्, श्रेष्‍ठ।

"पहिला-पहिला चराहरूको शिकार गर्ने, अण्डा खाइदिने मानिसहरूले पनि अचेल दानापानी दिने, गुँड देखे जोगाइदिने गर्न थालेका छन्," श्रेष्‍ठ भन्छन्, "त्यसैले चराहरू मानिससँग निजिकिएका छन्।"

यसरी नजिकिएका चराहरूले घरभित्रै समेत गुँड लगाउन थालेका छन्। गुँडमा चराले अण्डा कोरलेको, नयाँ बचेराहरूलाई दाना खुवाएको र ती बचेरा प्वाँख उम्रेपछि उडिगएको देख्‍न पाउनु मानिसको अहोभाग्य होइन त ?