कोभिड-१९ संकटः बदलिँदैछ सैन्य अभ्यास पनि !

नयाँदिल्ली। अनलाइन लेक्चर, स्क्‍वाड्रनभित्र फिजिकल तालिम तथा केही अहम् परियोजनाहरूलाइए कम गर्नु। भारतीय सेनाका क्याडेट र अधिकृतहरूका लागि तालिममा कोभिड१९ को असर कम गर्ने यी केही उपया हुन्।

अधिकृतको करिअरमा तालिम एक मुख्य हिस्सा हो। उनीहरूले युद्धकलाको बदलिँदो ट्रेन्ड पछ्याइरहनुपर्छ।

क्याडेटको तालिम पुणेको राष्ट्रिय रक्षा एकेडेमी र त्यसपछि सर्भिस एकेडेमीमा हुन्छ। तथा, अधिकृतहरूको तालिम करिअरका विभिन्‍न चरणमा अलग-अलग स्थानमा हुने गर्छ। कोभिड-१९ ले सैन्य तालिममा ठूलो चुनौति खडा गरेको छ। र, पाठ्यक्रममा परिवर्तनका लागि घचघच्याएको छ।

अधिकृतहरूलाई शुरुमा फिजिकल तालिम दिइन्छ। अनि त्यसपछि करिअर माथि चढ्दै जाँदा ज्ञानको क्षेत्रमा जोड दिइन्छ।

अनलाइन न्युजपोर्टल ‘द प्रिन्ट’का अनुसार शुरुमा स्थल सेनाले कोभिड-१९ का कारण तालिमको नयाँ योजना तयार पारेको सूचना आएको थियो। एक उच्च रक्षा अधिकारीले नेसनल डिफेन्स एकेडेमीले आफ्ना अधिकांश शैक्षिक पाठ्यक्रम, इन्ट्रानेट कनेक्सनको माध्यमबाट अनलाइनमा सञ्‍चालन गरिरहेको जानकारी दिए।

उनका अनुसार लेक्चर र परीक्षाहरू इन्ट्रानेटको माध्यमबाट सञ्‍चालन भइरहेको छ। र, फिजिकल तालिमका लाथि सेन्ट्रल पिटी ग्राउन्ड र ड्रिल स्क्‍वायरको साटो सम्बन्धित स्क्‍वाड्रनको परेड ग्राउन्ड र बटालियनको क्षेत्र प्रयोग भइरहेको छ।

एक उच्च सैन्य अधिकारीका अनुसार तालिमका नियमित सेड्युलमा परिवर्तन गरिएको छ। केही खेल र अभ्यासका गतिविधि रोकिएको छ। आगामी सत्रमा घोड सवारी, भलिबल, हकीलगायत खेल शुरु हुँदैछन्। ती खेलमा व्यक्तिगत टचिङ कमै हुन्छन्।

हतियार चलाउन र फाइरिङ रेन्जमा जानेजस्ता तालिमका लागि कम भीडभाड हुने गरी सञ्‍चालन गर्ने व्यवस्था मिलाइएको छ। पासिङ आउटजस्तो क्याडेटको जिन्दगीको ऐतिहासिक समारोह पनि शान्तिपूर्ण रूपमा ३० मेमा सम्पन्‍न भयो। यसपटक पारम्परिक परेड आयोजना गरिएन। र, कुनै पाहुना पनि बोलाइएन।

क्याडेट्सलाई टर्म ब्रेक पनि दिइएको छैन। एउटा टर्म सकेका क्याडेटलाई सीधै अर्को टर्ममा पठाइने गरेको छ। नेसनल डिफेन्स एकेडेमीमा एकपटकमा दुई हजार क्याडेटले तालिम लिन सक्छन्। हरेक महीना तीन सयदेखि तीन सय ५० क्याडेट ग्रयाजुएट हुन्छन्।

अधिकृतहरूको तालिम पनि अनालाइन पढाइन थालेको छ। त्यसका लागि सुरक्षित भएकाले इन्ट्रानेटको प्रयोग गरिएको एक उच्च सैन्य अधिकारी बताउँछन्। गेस्ट लेक्चरलाई पनि भिडियो कन्फरेन्सिङमा सीमित गरिएको छ।

कोर्सको शुरुमा अधिकृतहरूको रिपोर्टिङ ४०-५० को संख्यामा मात्र गराइन थालेको छ। र, उनीहरूका लागि व्यवस्थापन गरिएको आवासमा १० दिनको सेल्फ क्‍वारेन्टाइन पनि राखिने छ। त्यही वेला उनीहरूले अनलाइनमार्फत तालिम सामग्री अध्ययन गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्