काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार ७९९ पुगेको छ। यो संख्यामा आज साँझ सुदूरपश्चिम प्रदेशका चार जिल्लामा संक्रण पुष्टि भएका ३७ जनालाई पनि गणना गरिएको छ। जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्न बाँकी छ।
धनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका १९, दार्चुलाका १०, डडेल्धुराका सात र कैलालीका एकजनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।
मन्त्रायले दिउँसो ४ बजे गर्ने नियमित मिडिया ब्रिफिङमा पछिल्लो २४ घण्टामा ३१४ संक्रमित थपिएको र देशभर संक्रमितको संख्या ३ हजार ७६२ रहेको उल्लेख गरेको थियो। मन्त्रालयले आजै सार्वजनिक गरेको स्थिति प्रतिवेदनका अनुसार ४८८ जना कोरोना संक्रमण मुक्त भएका छन्। जसममा ४१९ जना पुरुष र ६९ जना महिला रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा एक ३४२ संक्रमित भेटिँदा १८८ जना कारोनामुक्त भएका छन्। एक जनाको मृत्यु भएको छ। प्रदेश २ मा आज मात्रै १७४ संक्रमित थपिए।
आज सबैभन्दा धेरै सर्लाहीमा १२० जनामा संक्रमण पुष्टि भएको छ। सप्तरीमा १६, महोत्तरीमा १२, रौतहटमा ११, बारामा ७ र पर्सामा ८ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश २ का आठवटै जिल्लामा संक्रमण देखिएको छ।
त्यसपछि सबैभन्दा धेरै प्रदेश ५ मा एक हजार १७६ संक्रमित भएका छन्। प्रदेश ५ का सबै, १२ वटै जिल्लामा संक्रमित भेटिएका छन्।

सबैभन्दा पछि संक्रमण देखिएको कर्णाली प्रदेशमा ६४९ संक्रमित पुगेका छन्। ३ जनाको मृत्यु भएको कर्णाली प्रदेशमा ९ जना कोरोनामुक्त भएका छन्।
कर्णाली प्रदेशका १० जिल्लाध्ये रुकुम पश्चिममा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन।

यसैगरी, प्रदेश १ मा २७९ जनामा संक्रमण पुष्टि भएकोमा ९१ जना कोरोनामुक्त भएका छन्। प्रदेश १ मा इलाम र ओखलढुंगा कोरोना संक्रमणबाट सुरक्षित छन्।
११३ संक्रमित भएका गण्डकी प्रदेशमा तीनजा कोरोनामुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ। 
गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन।
सुदूरपश्चिम प्रदेशमा १११ संक्रमित मेटिँदा १३ जना कोरोनामुक्त भएका छन्। दुई जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा संक्रमण देखिएको छ।

र, बागमती प्रदेशमा सबैभन्दा कम ९२ जना संक्रमित भएकोमा ३३ जना कोरोनामुक्त भएका छन् भने तीन जनाको मृत्यु भइसकेको छ। बागमती प्रदेशको रसुवा जिल्लामा संक्रमण देखिएको छैन।

सन्धिखर्कका उपमेयर पनि संक्रमित
आज संक्रमण पुष्टि हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपमेयर पनि छन्। आजै अर्घाखाँचीमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाका अनुसार संक्रमितहरू भारतबाट आउने क्रममा १० जेठमा कपिलवस्तुको कृष्णनगर नाकामा मृत्यु भएका अर्घाखाँचीका युवकसँग एउटै बसमा आएकाहरू हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर तीन हजार २६० जना आइसोलेसनमा रहेका छन्। क्वारेन्टाइनमा बस्नेको संख्या एक लाख ६६ हजार ६६८ रहेको छ। नेपालमा अहिलेसम्म १४ जना संक्रमितको मृत्यु भएको छ।
इन्फाेग्राफिक्स: भक्त थापा मगर।
" /> काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार ७९९ पुगेको छ। यो संख्यामा आज साँझ सुदूरपश्चिम प्रदेशका चार जिल्लामा संक्रण पुष्टि भएका ३७ जनालाई पनि गणना गरिएको छ। जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्न बाँकी छ।धनगढीस्थित् कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका १९, दार्चुलाका १०, डडेल्धुराका सात र कैलालीका एकजनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

">