काठमाडौं। अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि शुरू भएको रंगभेदविरूद्धको अभियानले अहिले विश्वव्यापी रूप लिएको छ। खेलकुद क्षेत्रबाट उक्त घटनाको विरोध भइरहेको छ। जुन नेपालमा पनि शुरू भएको छ।
आज सशत्र प्रहरी बल (एपीएफ) क्लबमा महिला फुटबल खेलाडीले पनि फ्लोइडले न्याय पाउनु पर्ने र रंगभेदको अन्त्य हुनु पर्ने भन्दै सांकेतिक विरोध गरेका छन्।
राष्ट्रिय महिला टीममा रहेका एपीएफको महिला खेलाडीहरू एन्जिला तुम्बापो सुब्बा, हिरा भुजेल, अनु लामा, सरू लिम्बु, अनिता केसी र कीर्तिमानी स्ट्राइकर सावित्रा भण्डारीले एउटा घुँडाले मैदानमा टेकेर खिचिएको तस्वीर सार्वजनिक गरेका छन्।
राष्ट्रिय टीमबाट सबैभन्दा धेरै ३८ गोल गर्ने कीर्तिमान बनाइसकेकी सावित्राले सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा उक्त तस्वीर राखेकी छिन्। उनले फ्लोइडलाई श्रद्धाञ्जली व्यक्त गर्दै रंगभेदविरुद्धको अभियानमा एेक्यवद्धता जनाएको बताइन्।
‘‘“जातीय द्वन्द्वले अहिले यो विश्वभर नै जटिल बन्दै गएको छ,’’ सावित्राले देखापढीसँग भनिन्, “नेपालमा पनि विदेशी खेलाडीहरू खेल्न आउनुहुन्छ। उहाँहरूलाई पनि हामीले समान व्यवहार गर्नुपर्छ। र, यस्तो विभेदको अन्त्य हुनुपर्छ।’’
४६ वर्षे फ्लोइडको मिनियापोलिसमा गत २५ मेमा प्रहरीले नियन्त्रणमा लिएपछि मृत्यु भएको थियो। उक्त घटनामा संलग्न चार प्रहरी अधिकृतलाई फ्लोइडको हत्या गरेको अभियोग लागेको छ। अहिले ती प्रहरी सेवाबाट बर्खास्तमा छन्। त्यसपछि अमेरिकाबाट शुरू भएको आन्दोलन अहिले विश्वभर फैलिएको छ।
यसअघि इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुल तथा चेल्सीका खेलाडीले पनि उक्त घटनाको विरोधमा फुटबल मैदानमा घुँडा टेकेर सांकेतिक विरोध गरेका थिए। त्यस्ते जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमण्डका जडोन सान्चोलगायतका खेलाडीले खेलकै दौरान फ्लोइडले न्याय पाउनु पर्छ भनी लेखिएको भित्रि टिसर्ट प्रदर्शन गरेका थिए।
खेल भावना विपरित गरिएको उक्त प्रदर्शनमा जर्मन फुटबल लिगले अनुसन्धान गरेको थियो। तर, फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले खेलाडीले गरेको उक्त प्रदर्शन सजाय भन्दा पनि प्रशंसायोग्य रहेको बताएका थिए। उनले कुनै पनि खालको विभेदको विरोध गर्नु पर्ने बताएका थिए।
नेपालमा पनि यसअघि थ्री स्टार क्लबले पनि ऐक्यवद्धता जनाएको थियो। थ्री स्टार क्लबले अफ्रिकी मुलका खेलाडी गोलकिपर गुल्लाउमे यवेस प्रिसो एनजंगा र कप्तान विक्रम लामाको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेको छ। र, तस्वीरसँगै थ्री स्टारले लेखेको छ, ‘हामी सँगै हुँदा बलियो छौं।’
बास्केटबलका महान खेलाडी माइकल जोर्डनले जातीय समनताको अभियानमा अबको दश वर्षमा १० करोड अमेरिकी डलर सहयोग गर्ने बताएका छन्।
" /> काठमाडौं। अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि शुरू भएको रंगभेदविरूद्धको अभियानले अहिले विश्वव्यापी रूप लिएको छ। खेलकुद क्षेत्रबाट उक्त घटनाको विरोध भइरहेको छ। जुन नेपालमा पनि शुरू भएको छ।आज सशत्र प्रहरी बल (एपीएफ) क्लबमा महिला फुटबल खेलाडीले पनि फ्लोइडले न्याय पाउनु पर्ने र रंगभेदको अन्त्य हुनु पर्ने भन्दै सांकेतिक विरोध गरेका छन्।

">