काठमाडौं। विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा प्रतिस्पर्धा गर्न तीन माध्यम छन्– छनोट प्रतियोगिता पार गर्ने, सदस्य राष्ट्रको अनिवार्य सहभागिता गर्नका लागि एथलेटिक्स र पौडीमा दिइने कोटा (यूपीएस सिस्टम) तथा वाइल्ड कार्ड प्राप्त गर्ने। 

छनोट प्रतियोगितामा असफल भए पनि त्यसमा गरिएको प्रदर्शनका आधारमा ओलम्पिकले मौका दिने माध्यम हो, ‘वाइल्ड कार्ड इन्ट्री’। आगामी ओलम्पिकमा नेपाली खेलाडीहरू वाइल्ड कार्डमार्फत् प्रवेश गर्दैछन्। 

सन् १९६४ को टोकियो गृष्मकालीन ओलम्पिकदेखि नेपालले यस प्रतियोगितामा सहभागिता जनाउन थालेको हो। त्यसयता तेक्वान्दोमा संगीना बैद्य (एथेन्स २००४) र दीपक विष्ट (बेइजिङ २००८) ले मात्र छनोट प्रतियोगिता पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए। अन्य खेलाडीले भने वाइल्ड कार्ड इन्ट्री र अनिवार्य सहभागिताको माध्यमबाट ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए। 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले अनिवार्य सहभागिताअनुसार पौडीमा दुई र एथलेटिक्समा दुई गरी चार जनाको सहभागिता सुनिश्चित हुन्थ्यो। तर, यस संस्करणदेखि आइओसीले एथलेटिक्समा एउटा मात्र कोटा पठाएको छ। त्यसकारण अनिवार्य सहभागितातर्फ नेपालका तीन खेलाडीले मात्र सहभागीता जनाउन सक्छन्। 

त्यसमध्ये पौडीमा गौरिका सिंह र एलेक्स गाडेगार्ड शाहको नाम नेपाल ओलम्पिक कमिटीले सिफारिस गरिसकेको छ। एथलेटिक्सतर्फका खेलाडीकोे नाम अझै सिफरिस भएको छैन। नेपाल एथलेक्टिस संघले अझै कुन खेलाडीलाई पठाउने भन्ने टुंगो लगाउन नसक्दा नाम सिफारिस नभएको हो। 

त्यसबाहेक एनओसीले १२ खेलाडीका नाम वाइल्ड कार्ड इन्ट्रीका लागि सिफारिस गरेको छ। वाइल्ड कार्ड इन्ट्री पाउने खेलाडीमा करातेका अनु अधिकारी र नवीन रसाइली, आर्चरीमा ज्ञानु अवाले र तिलक पुन मगर, तेक्वान्दोमा बीरबहादुर महरा, सुटिङमा सुस्मिता नेपाल र कल्पना परियार, भारोत्तोलनमा कमला श्रेष्ठ र सन्जु चौधरी, जुडोमा इन्द्रबहादुर श्रेष्ठ र सोनिया भट्ट तथा बक्सिङमा मिनु गुरूङ छन्। 

स्थिति सामान्य भएको भए २४ जुलाईबाट जापानको टोकियोमा ओलम्पिक प्रतियोगिता शुरू भइसकेको हुन्थ्यो। अहिले विश्वभरका खेलाडीहरू जापान जाने क्रम शुरू भइसकेको हुन्थ्यो। नेपालीहरूको वाइल्ड कार्ड इन्ट्री पनि टुंगिने क्रममा हुन्थ्यो।

२४ जुलाईबाट ९ अगष्ट २०२० सम्मका लागि तय भएको ओलम्पिक प्रतियोगिता कोभिड–१९ महामारीका कारण एक वर्ष पछाडी धकेलिएको छ। २३ जुलाईदेखि ८ अगष्ट २०२१ का लागि टोकियो ओलम्पिकले नयाँ मिति पाएको छ।

तर, स्वास्थ्य विज्ञहरू त्यतिबेलासम्म कोभिड–१९ को खोप तथा सुपथ मूल्यको औषधि पत्ता लागेन भने नयाँ मितिमा पनि ओलम्पिक हुनेमा शंका गरिरहेका छन्। यसअघि पहिलो र दोस्रो विश्वयुद्धका कारण ओलम्पिकका तीन प्रतियोगिता रद्द भएका थिए। त्यसपछि गृष्मकालीन ओलम्पिकको मिति परिवर्तन भएको यो पहिलो पटक हो।

आयोजक जापानले पनि नयाँ मितिमा प्रतियोगिता गर्न सम्भव नभए आधुनिक ओलम्पिकको ३२औं संस्करण नै नहुने बताएको छ। तथापी, जर्मन बुन्डेसलिगाबाट पुनः शुरू हुन थालेको खेलकुद प्रतियोगिताले विस्तारित रूप लिएको छ।

इङ्ल्यान्डमा १ जुनबाट सबै खेलकुद गतिविधि शुरू भएका छन् भने इटाली, स्पेनलगायतका देशमा पनि फुटबल लिग शुरू भइसकेका छन्। यसले खेलक्षेत्रमा आशाको किरण थपिएको छ। 

नेपालमै पनि ४ चैतबाट स्थगित भएको खेलकुद गतिविधि चलायमान बनाउने विषयमा बहस शुरू भएको छ। तथापी, सरकारले लकडाउनको विषयमा लिने रणनीतिलाई खेल अधिकारीहरू कुरिरहेका छन्।

यसबीचमा वाइल्ड कार्ड पाएका खेलाडीहरू के गरिरहेका छन् त?  

नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले प्रतियोगिताको मिति सरेका कारण नेपाली खेलाडीको वाइल्ड कार्ड प्रवेशबारे २०२१ सम्मै कुनुपर्ने बताउँछन्। 

“ओलम्पिकमा धेरै खेलको छनोट प्रतियोगता नै सकिएको छैन। यो महामारीका कारण छनोट प्रतियोगिताहरू सरेका छन्,” श्रेष्ठ भन्छन्, “वाइल्ड कार्ड इन्ट्री भनेको सबै खेलको छनोट प्रतियोगता सम्पन्न भएपछि मात्र निर्णय हुने हो।  ओलम्पिक नै एक वर्ष पछि सरेका कारण सम्भवत यसको नतिजा आउन २०२१ सम्म नै कुर्नुपर्छ।”

श्रेष्ठका अनुसार ओलम्पिकको स्कलरसिपमा रहेका १२ खेलाडी नियमति प्रशिक्षणमा छन्। उनी भन्छन्, “लकडाउनले केही असर गरेको छ तर, प्रशिक्षकहरूले सेल्फ ट्रेनिङ गर्न लेसन प्लानहरू दिनुभएको छ। त्यसअनुसार खेलाडीले अभ्यास गरिरहेका छन्।”

ओलम्पिकको स्कलरसिपमा रहेका खेलाडीका निम्ति लकडाउन शुरू भएलगत्तै नेपाल ओलम्पिक कमिटीले मनोवैज्ञानिक कक्षा सञ्चालन गरेको थियो। दुई सातासम्म भिडिओ कन्फ्रेन्समार्फत् दिइएको मनोवैज्ञाननिक कक्षा प्रभावकारी भएको खेलाडीहरू बताउँछन्। त्यसबाहेक उनीहरूले अब कम्तिमा ओलम्पिकका लागि तयारी गरेका खेलाडीलाई प्रशिक्षणमा राख्न सरोकारवालासँग माग गरेका छन्। 

“हामी घरमै बसरेर प्रशिक्षण गरिरहेका छौं। प्रशिक्षकले दिनहुँ वर्कआउट प्लानहरू दिनुहुन्छ। उहाँले दिनुभएको निर्देशनअनुसार हामीले भिडिओ क्लिप्सहरू पठाउनुपर्छ,” १३औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी अनु अधिकारी भन्छिन्, “यसले शारीरिक रूपमा फिट हुन त राम्रो हो तर, खेलका लागि भने त्यति प्रभावकारी भएको छैन।”

लकडाउनका कारण लामो समय घरमा बस्दा मानसिक रूपमा असर परेको खेलाडीको गुनासो छ। पुरानो लयमा फर्किन सकिदैन कि भन्ने चिन्ताले खेलाडीलाई पिरोलेको छ। 

“पहिलेको कन्डिसनमा आउछौं कि नाइँ भनेर तनाव भइरहेको छ। कतिपय खेलाडीहरू त खेलमै फर्किन सक्छौं, सक्दैनौं भनेर चिन्ता गर्न थालेका छन्,” राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको सदस्य समेत रहेकी अनु थप्छिन्, “हलमा खेलेजस्तो घरमा नहुने रैछ। त्यसैले हामीलाई होस्टेलमा राखेर प्रशिक्षण गर्ने वातावरण बनाउनु पर्छ भन्ने लागेको छ। विदेशमा खेलहरू शुरू भएको छ। हामी धेरै पनि थिएनौं। कम्तिमा ओलम्पिकको तयारी गरेकाहरूलाई प्रशिक्षणको वातावरण बनाइदिए धेरै राम्रो हुन्थ्यो।”

करातेकै नवीन रासाइलीले भने हलमै गएर प्रशिक्षण शुरू गरिसकेका छन्। नवीन अहिले बालाजु डोजोमा बेलुका दुई घण्टा प्रशिक्षण गर्न थालेका छन्। करातेका खेलाडीलाई ध्रुवबिक्रम मल्लले प्रशिक्षण दिइरहेका छन्।

“शुरूको एक महीनाजति घरमै बसेँ। खेलाडीलाई त्यसरी घरमा बस्दा मानसिक रूपमा असर पर्ने रहेछ। ओलम्पिकको मनोवैज्ञानिक क्लासले धेरै सहयोग गर्‍यो,” नेपाल पुलिस क्लबका खेलाडी नवीन भन्छन्, “यसरी घरमै बसेर हुँदैन भनेर हामीले स्वास्थ्य सुरक्षाका विधि अपनाएर प्रशिक्षण शुरू गर्‍याैं।”

सुटिङका खेलाडीको अनुभव भने फरक छ। सुटिङलाई हतियार चाहिने भएका कारण अन्य खेलमा जस्तो घरमा बसेर अभ्यास गर्न समस्या भएको सुस्मिता नेपाल बताउँछिन्। 

“घरमा व्यायाम तथा योगाहरू त र गरिरहेका छौं। गुरूहरूले फोनमा हामीलाई गाइडलाइन त दिइराख्नु भएको छ। त्यसअनुसार हामीले फिजिकल र होल्डिङको अभ्यास गरिरहेका छौं,” १२ कक्षाको परीक्षा तयारी पनि गरिरहेकी सुस्मिताले भनिन्, “तर जुडो कराते खेलमा जस्तो हामीलाई घरमा बसेर अभ्यास गर्न सहज भने छैन। सुटिङमा हतियार मुख्य हो। हतियार सुटिङ रेन्जमा छ। त्यसैले घरमा गरेको अभ्यास खेलका लागि प्रभावकारी हुँदैन।”

ओलम्पिकले दिएको मनोवैज्ञानिक क्लासले तनावमुक्त हुन धेरै सहयोगी बनेको सुस्मिताको अनुभव छ। लकडाउनको समय प्रशिक्षण छुट्दा धेरै असर परेका कारण चाँडै सुटिङ रेन्जमा प्रशिक्षणको वातावरण मिलाउनु पर्ने सुस्मिता बताउँछिन्।

असिम यादवको प्रशिक्षणमा रहेकी सुस्मिताले थपिन्, “अब त पूर्ण प्रशिक्षणमा केन्द्रित हुनुपर्छ भन्ने लाग्छ। हुन त एक वर्ष सरेको छ। तर पनि लकडाउनले हाम्रो प्रदर्शनमा धेरै असर गरेको छ। क्लोज क्याम्प नै नराखे पनि बिहानदेखि बेलुकासम्म प्रशिक्षकको निगरानीमा राखेर प्रशिक्षण गराउनुपर्छ।”

सुटिङको ओलम्पिक एशियाली छनोट सम्पन्न भइसकेको छ। यसमा नेपाली खेलाडीले छनोटको लागि न्यूनतम अंक हासिल गरेका छन्। गत नोभेम्बरमा दोहामा सम्पन्न एशियन सुटिङ च्याम्पियनसिपमा सुस्मिता ले ६०५.१ र कल्पना परियारले ६१३.९ अंक जोडेका थिए। ओलम्पिक छात्रवृत्तिमा रहेका यी दुवै खेलाडी १० मिटर एअर राइफल स्पर्धाका गरेका थिए। तुलनात्मक रूपमा सुटिङ र जुडोमा वाइल्ड कार्डको कोटा बढी छ। त्यसकारण सुटिङमा नेपालको सम्भावना बढी हुनसक्छ। 

भारोत्तोलनकी कमला श्रेष्ठ ओलम्पिक सरेकाले यसलाई अवसरको रूपमा सदुपयोग गर्नुपर्ने बताउँछिन्। उनी भन्छिन्, “यसलाई कसरी लिने भन्ने हो। सर्‍यो अब कहिले हुन्छ, के हुन्छ भनेर बस्यो भने त केही पनि हुँदैन। तर, यसलाई अब धेरै अभ्यास गर्ने मौका पायौं भनेर लियौं भने राम्रो गर्न सकिन्छ।”

त्रिभुवन आर्मीकी खेलाडी कमला अहिले काठमाडौंमै छिन्। महामारीका बेला सेनाले खेलाडीलाई पनि ड्युटीमा खटाएको छ। तर, ओलम्पिकका लागि तयारी गरेका कारण कमला ड्युटीमा जानु परेको छैन। उनी पनि व्यक्तिगत रूपमा प्रशिक्षण गरिरहेकी छिन्। तर, त्यो प्रभावकारी नभएको उनको बुझाइ छ। 

“प्रशिक्षक सञ्जय महर्जनले हामीलाई दिनदिनै वर्कआउट प्लानहरू दिनुभएको छ। त्यही अनुसार हामीले भिडिओ क्लिप पठाएका छौं। यसले फिजिकल्ली र राम्रो भएको छ। तर, वेट लिफ्टिङ नै गरेजस्स्तो प्रभावकारी भएको छैन। आफू कुन अवस्थामा छु भन्ने नै थाहा नहुने,” कमला भन्छिन्, “व्यारेकमा भएकाले अभ्यास गर्ने मौका त पाएको छु। तर, आफैंले गर्दा मनमौजी भइदो रहेछ।”

आर्चरीका प्रशिक्षक दीपकराज गुरूङका अनुसार गत नोभेम्बरमा सम्पन्न छनोट खेलमा नेपालका खेलाडीले न्यूनतम स्कोर गर्न सकेनन्। तथापी, उनी फाइनल चरणको छनोट नसिकएका कारण अन्तिमसम्म संघर्ष गरिरहनु पर्ने बताउँछन्। भन्छन्, “न्यूनतम स्कोर आयो भने वाइल्ड कार्डको सम्भावना बढी हुन्छ। त्यसैले अन्तिम चरणसम्म खेलाडीले प्रयास जारी राख्नुपर्छ।”

आर्चरीका ज्ञानु अवाले र तिलक पुन मगरले घरमै अभ्यास गरिरहेको प्रशिक्षक गुरूङले बताए। नेपाल पुलिस क्लबका खेलाडी तिलक भने लकडाउन कारण पोखरामा अल्झिएका छन्। पोखरामै ड्युटीमा छन्। उनीसँग बो तथा एरो नभएका कारण शारीरिक अभ्यास मात्र गरिरहेका छन्। 

आर्चरीकै ज्ञानु भने तीर लगाउन नपाए पनि बोसँग अभ्यास गरिरहेकी छिन्। उनी भन्छिन्, “तीर लागउन ७० वा १० मिटरको एरिया चाहिन्छ। फेरि घरमा बोर्ड पनि छैन। त्यसैले एरो रिलिज नगरे पनि बो लिएर अभ्यास गरिरहेको छु। त्यसबाहेक योग, शारीरिक अभ्यास तथा विहान ब्याडमिन्टरन खेलेर आफुलाई फिट राख्ने प्रयास गरेको छु।”

बक्सिङका मिनु गुरूङ ओलम्पिकको छात्रवृत्तिमा छैनन्। यद्यपी, उनको नाम वाइल्ड कार्डका लागि सिफरिस गरिएको छ। १३औं सागमा बक्सिङमा महिलातर्फ ५४ किलो तौलसमूहमा स्वर्ण पदक जितेकी मिनु पनि घरमै अभ्यास गरिरहेकी छिन्। उनी अहिले प्रकाश थापामगरको प्रशिक्षणमा छिन्। 

“लामो समयपछि परिवारसँग समय विताउन पाउँदा खुशी त लाग्छ। एक हिसाबले फ्रेस त भइयो तर, मानिसिक रूपमा तनावपूर्ण स्थिति पनि बन्यो। ओलम्पिकको क्लास महत्वपूर्ण रह्यो,” चितवनस्थित घरमा रहेकी मिनुले भनिन्, “लामो समय भयो। अब ओलम्पिकका लागि नाम सिफरिस भएकाहरूलाई एक ठाँउमा राखेर इन्डोर आउटडोर जस्तो हुन्छ अभ्यास गरायो भने हुन्थ्यो भन्ने लाग्छ।” 

पौडीमा नाम पक्का भइसकेकी गौरिका सिंह बेलायतमा प्रशिक्षण गरिरहेकी छिन्। बेलायतको लन्डनमा रहेकी गौरिकालाई पनि कोभिड–१९ महामारीले असर गरेको छ। बेलायतमा लकडाउन जारी भएपछि उनी घरमै फिटनेसको अभ्यासमा व्यस्त छिन्। 

गौरिका ब्रजिलमा सम्पन्न गत संस्करणको रियो ओलम्पिक २०१६ मा कान्छी खेलाडीका रूपमा विश्वभर चर्चित भएकी थिइन्। गत मंसिरमा नेपालमै आयोजित १३औं सागमा कीर्तिमान ४ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेकी गौरिका यो एक वर्षलाई भरपुर सदुपयोग गर्ने बताएकी छिन्।  

" /> काठमाडौं। विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा प्रतिस्पर्धा गर्न तीन माध्यम छन्– छनोट प्रतियोगिता पार गर्ने, सदस्य राष्ट्रको अनिवार्य सहभागिता गर्नका लागि एथलेटिक्स र पौडीमा दिइने कोटा (यूपीएस सिस्टम) तथा वाइल्ड कार्ड प्राप्त गर्ने। 

"> व्यक्तिगत अभ्यासमै सीमित छन् ओलम्पिकका लागि सिफारिस खेलाडी: Dekhapadhi ओलम्पिकका लागि वाइल्ड कार्ड इन्ट्री पाएका १२ नेपाली खेलाडीले घरमै अभ्यासरत।
  • घरमा शारीरिक व्यायाम हुने भए पनि खेलका लागि प्रत्यक्ष फाईदा नपुग्ने भएकाले बन्द प्रशिक्षण गर्न माग।    
  • कोरोनाको महामारी शुरू नभएको भए अहिले विश्वभरका खेलाडीहरू जापान जाने क्रम शुरू भइसकेको हुन्थ्यो। नेपालीहरूको वाइल्ड कार्ड इन्ट्री पनि टुंगिने क्रममा हुन्थ्यो।
  • कोभिड–१९ को खोप तथा सुपथ मूल्यको औषधि पत्ता लागेन भने नयाँ मितिमा पनि ओलम्पिक हुनेमा स्वास्थ्य विज्ञहरूको शंका।
  • ">
    व्यक्तिगत अभ्यासमै सीमित छन् ओलम्पिकका लागि सिफारिस खेलाडी <p style="text-align: justify;">काठमाडौं।&nbsp;विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा प्रतिस्पर्धा गर्न तीन माध्यम छन्&ndash; छनोट प्रतियोगिता पार गर्ने, सदस्य राष्ट्रको अनिवार्य सहभागिता गर्नका लागि एथलेटिक्स र पौडीमा दिइने कोटा (यूपीएस सिस्टम) तथा वाइल्ड कार्ड प्राप्त गर्ने।&nbsp;</p> <p style="text-align: justify;">छनोट प्रतियोगितामा असफल भए पनि त्यसमा गरिएको प्रदर्शनका आधारमा ओलम्पिकले मौका दिने माध्यम हो, &lsquo;वाइल्ड कार्ड इन्ट्री&rsquo;। आगामी ओलम्पिकमा नेपाली खेलाडीहरू वाइल्ड कार्डमार्फत् प्रवेश गर्दैछन्।&nbsp;</p> <p style="text-align: justify;">सन् १९६४ को टोकियो गृष्मकालीन ओलम्पिकदेखि&nbsp;नेपालले यस प्रतियोगितामा सहभागिता जनाउन थालेको हो। त्यसयता तेक्वान्दोमा संगीना बैद्य (एथेन्स २००४) र दीपक विष्ट (बेइजिङ २००८) ले मात्र छनोट प्रतियोगिता पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए। अन्य खेलाडीले भने वाइल्ड कार्ड इन्ट्री र अनिवार्य सहभागिताको माध्यमबाट ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले अनिवार्य सहभागिताअनुसार पौडीमा दुई र एथलेटिक्समा दुई गरी चार जनाको सहभागिता सुनिश्चित हुन्थ्यो। तर, यस संस्करणदेखि&nbsp;आइओसीले एथलेटिक्समा एउटा मात्र कोटा पठाएको छ। त्यसकारण अनिवार्य सहभागितातर्फ नेपालका तीन खेलाडीले मात्र सहभागीता जनाउन सक्छन्।&nbsp;</p> <p style="text-align: justify;">त्यसमध्ये पौडीमा गौरिका सिंह र एलेक्स गाडेगार्ड शाहको नाम नेपाल ओलम्पिक कमिटीले सिफारिस गरिसकेको छ। एथलेटिक्सतर्फका खेलाडीकोे नाम अझै सिफरिस भएको छैन। नेपाल एथलेक्टिस संघले अझै कुन खेलाडीलाई पठाउने भन्ने टुंगो लगाउन नसक्दा नाम सिफारिस नभएको हो।&nbsp;</p> <p style="text-align: justify;">त्यसबाहेक एनओसीले १२ खेलाडीका नाम वाइल्ड कार्ड इन्ट्रीका लागि सिफारिस गरेको छ। वाइल्ड कार्ड इन्ट्री पाउने खेलाडीमा करातेका अनु अधिकारी र नवीन रसाइली, आर्चरीमा ज्ञानु अवाले र तिलक पुन मगर, तेक्वान्दोमा बीरबहादुर महरा, सुटिङमा सुस्मिता नेपाल र कल्पना परियार, भारोत्तोलनमा कमला श्रेष्ठ र सन्जु चौधरी, जुडोमा इन्द्रबहादुर श्रेष्ठ र सोनिया भट्ट तथा बक्सिङमा मिनु गुरूङ छन्।&nbsp;</p> <p style="text-align: justify;"><img alt="" height="600" src="https://www.dekhapadhi.com/uploads/editor/Sporst/Gyanu%20Awale%20.jpg" width="900" /></p> <p style="text-align: justify;">स्थिति सामान्य भएको भए २४ जुलाईबाट जापानको टोकियोमा ओलम्पिक प्रतियोगिता शुरू भइसकेको हुन्थ्यो। अहिले विश्वभरका खेलाडीहरू जापान जाने क्रम शुरू भइसकेको हुन्थ्यो। नेपालीहरूको वाइल्ड कार्ड इन्ट्री पनि टुंगिने क्रममा हुन्थ्यो।</p> <p style="text-align: justify;">२४ जुलाईबाट ९ अगष्ट २०२० सम्मका लागि तय भएको ओलम्पिक प्रतियोगिता कोभिड&ndash;१९ महामारीका कारण एक वर्ष पछाडी धकेलिएको छ। २३ जुलाईदेखि&nbsp;८ अगष्ट २०२१ का लागि टोकियो ओलम्पिकले नयाँ मिति पाएको छ।</p> <p style="text-align: justify;">तर, स्वास्थ्य विज्ञहरू त्यतिबेलासम्म कोभिड&ndash;१९ को खोप तथा सुपथ मूल्यको औषधि पत्ता लागेन भने नयाँ मितिमा पनि ओलम्पिक हुनेमा शंका गरिरहेका छन्। यसअघि पहिलो र दोस्रो विश्वयुद्धका कारण ओलम्पिकका तीन प्रतियोगिता रद्द भएका थिए। त्यसपछि गृष्मकालीन ओलम्पिकको मिति परिवर्तन भएको यो पहिलो पटक हो।</p> <p style="text-align: justify;">आयोजक जापानले पनि नयाँ मितिमा प्रतियोगिता गर्न सम्भव नभए आधुनिक ओलम्पिकको ३२औं संस्करण नै नहुने बताएको&nbsp;छ। तथापी, जर्मन बुन्डेसलिगाबाट पुनः शुरू हुन थालेको खेलकुद प्रतियोगिताले विस्तारित रूप लिएको छ।</p> <p style="text-align: justify;">इङ्ल्यान्डमा १ जुनबाट सबै खेलकुद गतिविधि शुरू भएका छन् भने इटाली, स्पेनलगायतका देशमा पनि फुटबल लिग शुरू भइसकेका छन्। यसले खेलक्षेत्रमा आशाको किरण थपिएको छ।&nbsp;</p> <p style="text-align: justify;"><img alt="" height="960" src="https://www.dekhapadhi.com/uploads/editor/Sporst/Gaurika%20Shing%20.jpg" width="720" />नेपालमै पनि ४ चैतबाट स्थगित भएको खेलकुद गतिविधि चलायमान बनाउने विषयमा बहस शुरू भएको छ। तथापी,&nbsp;सरकारले लकडाउनको विषयमा लिने रणनीतिलाई खेल अधिकारीहरू कुरिरहेका छन्।</p> <p style="text-align: justify;"><strong>यसबीचमा वाइल्ड कार्ड पाएका खेलाडीहरू के गरिरहेका छन् त? &nbsp;</strong></p> <p style="text-align: justify;">नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले प्रतियोगिताको मिति&nbsp;सरेका कारण नेपाली खेलाडीको वाइल्ड कार्ड प्रवेशबारे २०२१ सम्मै कुनुपर्ने बताउँछन्।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;ओलम्पिकमा धेरै खेलको छनोट प्रतियोगता नै सकिएको छैन। यो महामारीका कारण छनोट प्रतियोगिताहरू सरेका छन्,&rdquo; श्रेष्ठ भन्छन्, &ldquo;वाइल्ड कार्ड इन्ट्री भनेको सबै खेलको छनोट प्रतियोगता सम्पन्न भएपछि मात्र निर्णय हुने हो। &nbsp;ओलम्पिक नै एक वर्ष पछि सरेका कारण सम्भवत यसको नतिजा आउन २०२१ सम्म नै कुर्नुपर्छ।&rdquo;</p> <p style="text-align: justify;">श्रेष्ठका अनुसार ओलम्पिकको स्कलरसिपमा रहेका १२ खेलाडी नियमति प्रशिक्षणमा छन्। उनी भन्छन्, &ldquo;लकडाउनले केही असर गरेको छ तर, प्रशिक्षकहरूले सेल्फ ट्रेनिङ गर्न लेसन प्लानहरू दिनुभएको छ। त्यसअनुसार खेलाडीले अभ्यास गरिरहेका छन्।&rdquo;</p> <p style="text-align: justify;">ओलम्पिकको स्कलरसिपमा रहेका खेलाडीका निम्ति लकडाउन शुरू भएलगत्तै नेपाल ओलम्पिक कमिटीले मनोवैज्ञानिक कक्षा सञ्चालन गरेको थियो। दुई सातासम्म भिडिओ कन्फ्रेन्समार्फत् दिइएको मनोवैज्ञाननिक कक्षा प्रभावकारी भएको खेलाडीहरू बताउँछन्। त्यसबाहेक उनीहरूले अब कम्तिमा ओलम्पिकका लागि तयारी गरेका खेलाडीलाई प्रशिक्षणमा राख्न सरोकारवालासँग माग गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;हामी घरमै बसरेर प्रशिक्षण गरिरहेका छौं। प्रशिक्षकले दिनहुँ वर्कआउट प्लानहरू दिनुहुन्छ। उहाँले&nbsp;दिनुभएको निर्देशनअनुसार हामीले भिडिओ&nbsp;क्लिप्सहरू पठाउनुपर्छ,&rdquo; १३औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी अनु अधिकारी भन्छिन्, &ldquo;यसले शारीरिक रूपमा फिट हुन त राम्रो हो तर, खेलका लागि भने त्यति प्रभावकारी भएको छैन।&rdquo;</p> <p style="text-align: justify;">लकडाउनका कारण लामो समय घरमा बस्दा मानसिक रूपमा असर परेको खेलाडीको गुनासो छ। पुरानो लयमा फर्किन सकिदैन कि&nbsp;भन्ने चिन्ताले खेलाडीलाई पिरोलेको छ।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;पहिलेको कन्डिसनमा आउछौं कि नाइँ&nbsp;भनेर तनाव भइरहेको छ। कतिपय खेलाडीहरू त खेलमै फर्किन सक्छौं, सक्दैनौं भनेर चिन्ता गर्न थालेका छन्,&rdquo; राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको सदस्य समेत रहेकी अनु थप्छिन्, &ldquo;हलमा खेलेजस्तो घरमा नहुने रैछ। त्यसैले हामीलाई होस्टेलमा राखेर प्रशिक्षण गर्ने वातावरण बनाउनु पर्छ भन्ने लागेको छ। विदेशमा खेलहरू शुरू भएको छ। हामी धेरै पनि थिएनौं। कम्तिमा ओलम्पिकको तयारी गरेकाहरूलाई प्रशिक्षणको वातावरण बनाइदिए धेरै राम्रो हुन्थ्यो।&rdquo;</p> <p style="text-align: justify;">करातेकै नवीन रासाइलीले भने हलमै गएर प्रशिक्षण शुरू गरिसकेका छन्। नवीन अहिले बालाजु डोजोमा बेलुका दुई घण्टा प्रशिक्षण गर्न थालेका छन्। करातेका खेलाडीलाई ध्रुवबिक्रम मल्लले प्रशिक्षण दिइरहेका छन्।</p> <p style="text-align: justify;">&ldquo;शुरूको एक महीनाजति घरमै बसेँ। खेलाडीलाई त्यसरी घरमा बस्दा मानसिक रूपमा असर पर्ने रहेछ। ओलम्पिकको मनोवैज्ञानिक क्लासले धेरै सहयोग गर्&zwj;यो,&rdquo; नेपाल पुलिस क्लबका खेलाडी नवीन भन्छन्, &ldquo;यसरी घरमै बसेर हुँदैन भनेर हामीले स्वास्थ्य सुरक्षाका विधि अपनाएर प्रशिक्षण शुरू गर्&zwj;याैं।&rdquo;</p> <p style="text-align: justify;">सुटिङका खेलाडीको अनुभव भने फरक छ। सुटिङलाई हतियार चाहिने भएका कारण अन्य खेलमा जस्तो घरमा बसेर अभ्यास गर्न समस्या भएको सुस्मिता नेपाल बताउँछिन्।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;घरमा व्यायाम तथा योगाहरू त र गरिरहेका छौं। गुरूहरूले फोनमा हामीलाई गाइडलाइन त दिइराख्नु भएको छ। त्यसअनुसार हामीले फिजिकल र होल्डिङको अभ्यास गरिरहेका छौं,&rdquo; १२ कक्षाको परीक्षा तयारी पनि गरिरहेकी सुस्मिताले भनिन्, &ldquo;तर जुडो कराते खेलमा जस्तो हामीलाई घरमा बसेर अभ्यास गर्न सहज भने छैन। सुटिङमा हतियार मुख्य हो। हतियार सुटिङ रेन्जमा छ। त्यसैले घरमा गरेको अभ्यास खेलका लागि प्रभावकारी हुँदैन।&rdquo;</p> <p style="text-align: justify;"><img alt="" height="640" src="https://www.dekhapadhi.com/uploads/editor/Sporst/Susmita%20nepal%20.jpg" width="960" /></p> <p style="text-align: justify;">ओलम्पिकले दिएको मनोवैज्ञानिक क्लासले तनावमुक्त हुन धेरै सहयोगी बनेको सुस्मिताको अनुभव छ। लकडाउनको समय प्रशिक्षण छुट्दा धेरै असर परेका कारण चाँडै सुटिङ रेन्जमा प्रशिक्षणको वातावरण मिलाउनु पर्ने सुस्मिता बताउँछिन्।</p> <p style="text-align: justify;">असिम यादवको प्रशिक्षणमा रहेकी सुस्मिताले थपिन्, &ldquo;अब त पूर्ण प्रशिक्षणमा केन्द्रित हुनुपर्छ भन्ने लाग्छ। हुन त एक वर्ष सरेको छ। तर पनि लकडाउनले हाम्रो प्रदर्शनमा धेरै असर गरेको छ। क्लोज क्याम्प नै नराखे पनि बिहानदेखि&nbsp;बेलुकासम्म प्रशिक्षकको निगरानीमा राखेर प्रशिक्षण गराउनुपर्छ।&rdquo;</p> <p style="text-align: justify;">सुटिङको ओलम्पिक एशियाली छनोट सम्पन्न भइसकेको छ। यसमा नेपाली खेलाडीले छनोटको लागि न्यूनतम अंक हासिल गरेका छन्। गत नोभेम्बरमा दोहामा सम्पन्न एशियन सुटिङ च्याम्पियनसिपमा सुस्मिता ले ६०५.१ र कल्पना परियारले ६१३.९ अंक जोडेका थिए। ओलम्पिक छात्रवृत्तिमा रहेका यी दुवै खेलाडी १० मिटर एअर राइफल स्पर्धाका गरेका थिए। तुलनात्मक रूपमा सुटिङ र जुडोमा वाइल्ड कार्डको कोटा बढी छ। त्यसकारण सुटिङमा नेपालको सम्भावना बढी हुनसक्छ।&nbsp;</p> <p style="text-align: justify;">भारोत्तोलनकी कमला श्रेष्ठ ओलम्पिक सरेकाले यसलाई अवसरको रूपमा सदुपयोग गर्नुपर्ने बताउँछिन्। उनी भन्छिन्, &ldquo;यसलाई कसरी लिने भन्ने हो। सर्&zwj;यो अब कहिले हुन्छ, के हुन्छ भनेर बस्यो भने त केही पनि हुँदैन। तर, यसलाई अब धेरै अभ्यास गर्ने मौका पायौं भनेर लियौं भने राम्रो गर्न सकिन्छ।&rdquo;</p> <p style="text-align: justify;">त्रिभुवन आर्मीकी खेलाडी कमला अहिले काठमाडौंमै छिन्। महामारीका बेला सेनाले खेलाडीलाई पनि ड्युटीमा खटाएको छ। तर, ओलम्पिकका लागि तयारी गरेका कारण कमला ड्युटीमा जानु परेको छैन। उनी पनि व्यक्तिगत रूपमा प्रशिक्षण गरिरहेकी छिन्। तर,&nbsp;त्यो प्रभावकारी नभएको उनको बुझाइ&nbsp;छ।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;प्रशिक्षक सञ्जय महर्जनले हामीलाई दिनदिनै वर्कआउट प्लानहरू दिनुभएको छ। त्यही अनुसार हामीले भिडिओ क्लिप पठाएका छौं। यसले फिजिकल्ली र राम्रो भएको छ। तर, वेट लिफ्टिङ नै गरेजस्स्तो प्रभावकारी भएको छैन। आफू&nbsp;कुन अवस्थामा छु भन्ने नै थाहा नहुने,&rdquo; कमला भन्छिन्, &ldquo;व्यारेकमा भएकाले अभ्यास गर्ने मौका त पाएको छु। तर, आफैंले गर्दा मनमौजी भइदो रहेछ।&rdquo;</p> <p style="text-align: justify;">आर्चरीका प्रशिक्षक दीपकराज गुरूङका अनुसार गत नोभेम्बरमा सम्पन्न छनोट खेलमा नेपालका खेलाडीले न्यूनतम स्कोर गर्न सकेनन्। तथापी, उनी फाइनल चरणको छनोट नसिकएका कारण अन्तिमसम्म संघर्ष गरिरहनु पर्ने बताउँछन्। भन्छन्, &ldquo;न्यूनतम स्कोर आयो भने वाइल्ड कार्डको सम्भावना बढी हुन्छ। त्यसैले अन्तिम चरणसम्म खेलाडीले प्रयास जारी राख्नुपर्छ।&rdquo;</p> <p style="text-align: justify;">आर्चरीका ज्ञानु अवाले र तिलक पुन मगरले घरमै अभ्यास गरिरहेको प्रशिक्षक गुरूङले बताए।&nbsp;नेपाल पुलिस क्लबका खेलाडी तिलक भने लकडाउन कारण पोखरामा अल्झिएका छन्। पोखरामै ड्युटीमा छन्। उनीसँग बो तथा एरो नभएका कारण शारीरिक अभ्यास मात्र गरिरहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">आर्चरीकै ज्ञानु भने तीर लगाउन नपाए पनि बोसँग अभ्यास गरिरहेकी छिन्। उनी भन्छिन्, &ldquo;तीर लागउन ७० वा १० मिटरको एरिया चाहिन्छ। फेरि&nbsp;घरमा बोर्ड पनि छैन। त्यसैले एरो रिलिज नगरे पनि बो लिएर अभ्यास गरिरहेको छु। त्यसबाहेक योग, शारीरिक अभ्यास तथा विहान ब्याडमिन्टरन खेलेर आफुलाई फिट राख्ने प्रयास गरेको छु।&rdquo;</p> <p style="text-align: justify;"><img alt="" height="918" src="https://www.dekhapadhi.com/uploads/editor/Sporst/Minu%20Gurung%20(blue)%20wins%20against%20Bangladesh%20boxing.jpeg" width="1366" /></p> <p style="text-align: justify;">बक्सिङका मिनु गुरूङ ओलम्पिकको छात्रवृत्तिमा छैनन्। यद्यपी, उनको नाम वाइल्ड कार्डका लागि सिफरिस गरिएको छ। १३औं सागमा बक्सिङमा महिलातर्फ ५४ किलो तौलसमूहमा स्वर्ण पदक जितेकी मिनु पनि घरमै अभ्यास गरिरहेकी छिन्। उनी अहिले प्रकाश थापामगरको प्रशिक्षणमा छिन्।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;लामो समयपछि परिवारसँग समय विताउन पाउँदा खुशी त लाग्छ। एक हिसाबले फ्रेस त भइयो तर,&nbsp;मानिसिक रूपमा तनावपूर्ण स्थिति&nbsp;पनि बन्यो। ओलम्पिकको क्लास महत्वपूर्ण रह्यो,&rdquo; चितवनस्थित घरमा रहेकी मिनुले भनिन्, &ldquo;लामो समय भयो। अब ओलम्पिकका लागि नाम सिफरिस भएकाहरूलाई एक ठाँउमा राखेर इन्डोर आउटडोर जस्तो हुन्छ अभ्यास गरायो भने हुन्थ्यो भन्ने लाग्छ।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">पौडीमा नाम पक्का भइसकेकी गौरिका सिंह बेलायतमा प्रशिक्षण गरिरहेकी छिन्। बेलायतको लन्डनमा रहेकी गौरिकालाई पनि कोभिड&ndash;१९ महामारीले असर गरेको छ। बेलायतमा लकडाउन जारी भएपछि उनी घरमै फिटनेसको अभ्यासमा व्यस्त छिन्।&nbsp;</p> <p style="text-align: justify;">गौरिका ब्रजिलमा सम्पन्न गत संस्करणको रियो ओलम्पिक २०१६ मा कान्छी खेलाडीका रूपमा विश्वभर चर्चित भएकी थिइन्। गत मंसिरमा नेपालमै आयोजित १३औं सागमा कीर्तिमान ४ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेकी गौरिका यो एक वर्षलाई भरपुर सदुपयोग गर्ने बताएकी छिन्। &nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्