काठमाडौं। शारीरिक सुगठन तथा फिटनेश संघ, काठमाडौंले जिम तथा फिटनेश सेन्टर यथाशीघ्र खुला गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।
संघले महामारीको संक्रमण तत्काल नसकिने भएकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को निर्देशनअनुसार सम्पूर्ण मापदण्ड पूरा गरेर सावधानीपूर्वक जनजीवन सहजीकरणतर्फ लैजान माग गरेको छ। संघले जिम तथा फिटनेश सेन्टर लामो समय बन्द हुँदा यस क्षेत्रमा गरिएको अर्बौंको लागानी धरापमा रहेको जनाएको छ।
‘‘सञ्चालकहरुले कर्मचारीहरूलाई तलब, घरभाडा, बैंक ब्याज, बिजुली महसुल र नेपाल सरकारलाई बुझाउनुपर्ने कर बुझाउन नसक्ने स्थितिमा पुगेका छन्’’, संघले जिल्ला प्रशासन कार्यलयमा काठमाडौंमा बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘‘जिम बन्दको असर हजारौं बिरामी नागरिकहरूमा समेत परेको छ। प्रेसर, सुगर, फिजियोथेरापी गर्नुपर्ने, नसासम्बन्धी रोग, डिप्रेसनका बिरामीहरूलाई त झन् बढी असर परेको छ। तसर्थ स्वास्थ्य सुरक्षाका नियमहरू लागू गरी यथाशीघ्र जिम सञ्चालनको अनुमति दिन हार्दिक अनुरोध गर्दछौं।’’
जिम तथा फिटनेश सेन्टर प्रवेश गर्दा तापक्रम नाप्ने, साबुन पानीले हातखुट्टा धुने, स्यानिटाइजर प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, प्रत्येक एक घण्टाको प्रयोगपछि जिमका मेसिनहरू स्यानिटाइजेसन गर्ने, मास्क, पञ्जा, जिम हलभित्र मात्र लगाउने लुगा र जुत्ता अनिवार्य गर्ने, एकपटकमा १० जनासम्म मात्र प्रवेश गराउने, एक घण्टापछि आधा घण्टा जिम सफा गर्न छुट्याउने नियम लागू गर्न संघले सुझाव दिएको छ।
शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनका सन्तुलित खानपान र व्यायम आवश्यक रहेको बताइएको छ। त्यसकारण पनि बन्द रहेको जिम तथा फिटनेश सेन्टर यथाशीघ्र खोल्नु जरुरी रहेको संघको बुझाइ छ।
" /> काठमाडौं। शारीरिक सुगठन तथा फिटनेश संघ, काठमाडौंले जिम तथा फिटनेश सेन्टर यथाशीघ्र खुला गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।संघले महामारीको संक्रमण तत्काल नसकिने भएकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को निर्देशनअनुसार सम्पूर्ण मापदण्ड पूरा गरेर सावधानीपूर्वक जनजीवन सहजीकरणतर्फ लैजान माग गरेको छ। संघले जिम तथा फिटनेश सेन्टर लामो समय बन्द हुँदा यस क्षेत्रमा गरिएको अर्बौंको लागानी धरापमा रहेको जनाएको छ।

">