स्वास्थ्यमन्त्री भन्छन्- ‘सावधानी अपनाउन मृत्यु भएका व्यक्तिको काेभिड-१९ परीक्षण’
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मृत्यु भएका व्यक्तिको शरीरमा कोरोना भाइरसको संक्रमण रहे/नरहेबारे परीक्षण भइरहेको बताएका छन्।

जुनसुकै कारणले मृत्यु भए पनि मृतकमा कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर मृत्युपछि पनि पीसीआर टेष्ट गरिरहेको उनले बताएका हुन्।

आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले भने, “जुनसुकै कारणले मान्छेको मृत्यु भए पनि मृतकको शरीरमा कोराेना भाइरसको संक्रमण थियो भने उसको सम्पर्कमा रहेका परिवारका सदस्यहरू तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूको कन्ट्याक ट्रेसिङ गर्ने प्रयोजनका लागि तथा शव व्यवस्थापनमा सावधानी अपनाउनका लागि पनि मृत्यु पश्चात कोरोना परीक्षण भइरहेको हो।”

कतिपय अवस्थामा क्वारेन्टाइनमा बसेर मृत्यु भएकाहरूलाई पनि कोरानाका लक्षण छन् कि भनेर हेर्नुपर्ने भएकाले पनि कोरोना परीक्षण गर्नुपरेको उनको भनाइ छ।

१४ दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण नगरी घर पठाउने कार्य विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार भइरहेको बताए।

“सामान्यतया कोरोना भाइरस दुईदेखि १० दिनसम्म मात्र मानिसको शरीरमा सक्रिय रहन्छ। १० दिनपछि उक्त व्यक्तिको शरीरमा भाइरस रहे पनि अरूमा सार्न सक्ने क्षमता राख्दैन भन्ने विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार नै झन् सुरक्षित पार्न १४ दिनमा डिस्चार्ज गर्ने गरिएको छ”, मन्त्री ढकालले भने।

सरकारले सातवटै प्रदेशमा पीसीआर परीक्षण गर्ने ठूला मेसिन खरिद गर्न प्रक्रिया अघि बढाएको मन्त्री ढकालले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्