सुदूरपश्‍चिममा ३७ काेराेना संक्रमित थपिए <p>कैलाली। सुदूरपश्चिममा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।</p> <p>धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएकाे परीक्षणमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।</p> <p>कैलालीमा एक, कञ्चनपुर १९ , दार्चुला १० र डडेल्धुराका सातजनामा कोरोना संक्रमण पुष्टि भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्