काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको राखिएका स्याङ्जाको वालिङ नगरपालिकाका–३ का ५८ वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए।
हिजो २५ जेठमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको उनको राति ११ः२५ बजे मृत्यु भएको थियो। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।
यसअघि सिन्धुपाल्चोक, दोलखा, बाँके, गुल्मी, बारा, अर्घाखाँची, बाजुरा, सुर्खेत, दैलेख, डोल्पा, कैलाली, ललितपुर र पाल्पामा एक/एक जनाको मृत्यु भइसकेको छ।
कोरोना संक्रमणको पुष्टि हुनेहरूको संख्या पनि बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ३१४ जनामा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण भेटिएको प्रवक्ता डा. गौतमले बताए।
जसमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन्। यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरूको संख्या ३ हजार ७६२ पुगेको छ।
" /> काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको राखिएका स्याङ्जाको वालिङ नगरपालिकाका–३ का ५८ वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए।

">