कैलाली। लकडाउनको अवधिमा सुदूरपश्चिम प्रदेशमा आत्महत्या, बलात्कार, घरेलु हिंसा, लैंगिक हिंसा लगायतका घटना वृद्धि भएका छन्।
गएको ११ चैतदेखि २६ जेठसम्म प्रदेशभरी आत्महत्या, घरेलु हिंसा, लैंगिक हिंसाका २४९ घटनाका मुद्दा प्रहरीकोमा दर्ता भएका छन्।
घरेलु हिंसाका ९८, लैंगिक हिंसा २३ र आत्महत्याका ७२ घटना भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ।
त्यस्तै, जबरजस्ती करणीका ३२, जबरजस्ती करणी उद्योगमा ८, बहुविवाहमा ६ र जातिय छुवाछूतका २ ओटा मुद्दा दर्ता भएका छन्।
त्यसैगरी, सोही अवधिमा मानिस हराएको ४, वालविवाह, गर्भपतन, बालयौन दुराचार र मावन वेचबिखन तथा ओसार पसारका एक/एक निवेदन/मुद्दा दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले जघन्य अपराधका घटना बाहेकका घटना प्रहरीको महिला सेलमार्फत् सामाजिक रूपमा मिलापत्र गर्ने गरेको बताए।
उनले सामान्य घरायसी झगडा, सीमासाँधको विषयमा छिमेकीसँगको विवाद लगायतका सामान्य घटनामा दुवै पक्षलाई राखेर सम्झाईबुझाई मिलापत्र गराउने गरेको बताए।
मदिरा सेवन, गरीबी, घरेलु हिंसा, लैगिक हिंसा, अशिक्षा लगायतका कारणले आत्महत्याको दर बढेको बताउँदै डीआईजी सुवेदीले सामाजिक विकृतिका कारण समेत आत्महत्या गर्नेको संख्यामा वृद्धि भइरहेको बताए।
त्यस्तै, लकडाउनको अवधिमा प्रदेशमा जबरजस्ती करणीका घटनामा समेत वृद्धि भरहेका छन्।
१ वैशाखदेखि २५ जेठसम्म जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका ३० वटा घटना हेरेको लैंगिक मामिला व्यवस्थापन समिति अध्यक्ष तथा सेती प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर प्रतिक्षासिंह राठौरले बताइन्।
परिवार, आफन्त र सामुहिक रूपमा ३ वर्ष देखि ५२ वर्ष उमेर सम्मका महिला बलात्कारको शिकार भएको बताइन् उनले कतिपय बलात्कारका घटनाका महिलाहरूमा तीन महिनासम्मको गर्भ समेत रहेको पाइएको समेत बताइन्।
" /> कैलाली। लकडाउनको अवधिमा सुदूरपश्चिम प्रदेशमा आत्महत्या, बलात्कार, घरेलु हिंसा, लैंगिक हिंसा लगायतका घटना वृद्धि भएका छन्।गएको ११ चैतदेखि २६ जेठसम्म प्रदेशभरी आत्महत्या, घरेलु हिंसा, लैंगिक हिंसाका २४९ घटनाका मुद्दा प्रहरीकोमा दर्ता भएका छन्।

">