क्वारेन्टाइनबाट फर्केको दुई दिनपछि मृत्यु <p>महाेत्तरी। महोत्तरीकाे गौशाला नगरपालिका-१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको छ।</p> <p>६ जेठमा भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टाइनमा बस्दै आएका थिए।</p> <p>उनको हिजाे, कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको र आज मृत्यु भएको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले जानकारी दिए।&nbsp;</p> <p>प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले मण्डलको मृत्यु कोरोना संक्रमणले नभई कालगतिले भएको बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्