डोटी। स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले सुदूरपश्चिम प्रदेशमा पीसीआर परीक्षणका लागि ‘थ्रोट स्वाब’ संकलन नगर्न निर्देशन गरेपछि यहाँ संकलन गरिएका नमूनाहरू गाउँको क्वारेन्टाइनमै थन्किएको छ।
संकलन गरिएका थ्रोट स्वाब राख्ने मेसिन नभएका कारण यसको व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई समस्या भएको छ।
६७ वटा क्वारेन्टाइनमा राखिएका भारतबाट आएका ४०० जनाभन्दा बढी नागरिकको कोभिड-१९ परीक्षणका लागि पठाइएको नमूना कैलालीस्थित प्रयोगशालामै रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।
कार्यालयका अनुसार जिल्लाको दिपायल सिलगढी, शिखरनगरपालिका तथा बडीकेदार, केआइसिंह गाउँपालिका, जोरायल गाउँपालिकाका क्वारेन्टाइनमा रहेका २० जनाभन्दा बढी आरडीटी पोजिटिभ देखिएकाहरूको पीसीआर परीक्षणका लागि निकालिएको ‘थ्रोट स्वाब’ पठाउन पाइएको छैन।
प्रदेश स्वास्थ्य निर्देशनालयले ‘थ्रोट स्वाब’ सङ्कलन नगर्न निर्देशन दिएपछि यहाँका नौवटै स्थानीय तहमा स्वाब संकलन रोकिएको छ।
१४ दिनदेखि क्वारेन्टाइन बसेकाहरूले गुनासो गर्न थालेको रानागाउँ स्वास्थ्यचौकीका अहेब रमेश जोशीले बताएका छन्।
उनले भने, “स्वास्थ्य निर्देशनालयको आदेशअनुसार स्वाब सङ्कलन कार्य रोकिएको छ, हप्तौँदेखि क्वारेन्टाइन बसेका चाँडो जाँच गर्नुपर्यो भन्दै हामीसँग गुनासो गर्न थालेका छन् ।”
‘थ्रोट स्वाब’ सङ्कलन नगरिँदा जिल्लामा भारतबाट आएका आठ हजार १४३ जनाको परीक्षण अन्यौल भएको छ।
किट आएसँगै तीव्ररुपमा सञ्चालन भएको ‘थ्रोट स्वाब’ सङ्कलन कार्य रोक्न परिपत्र आएपछि समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले २३ जेठमा एक सूचना जारी गर्दै पाँच दिनसम्म थप थ्रोट स्वाब नलिन मातहतका निकायलाई निर्देशन गरेको थियो ।
सुदूरपश्चिम प्रदेशमा हाल एउटामात्रै ‘आरटीपीसीआर’ प्रयोगशाला रहेको र प्रयोगशालामा नौ जिल्लाबाट आएका हजारौँ किट स्वाब परीक्षण गर्न बाँकी रहेको र धेरै दिन स्वाब राखे बिग्रिँने भएकाले पाँच दिनसम्म ‘थ्रोट स्वाब’ संकलन नगर्न निर्देशन दिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा गुणराज अवस्थीले बताए। रासस
" /> डोटी। स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले सुदूरपश्चिम प्रदेशमा पीसीआर परीक्षणका लागि ‘थ्रोट स्वाब’ संकलन नगर्न निर्देशन गरेपछि यहाँ संकलन गरिएका नमूनाहरू गाउँको क्वारेन्टाइनमै थन्किएको छ।संकलन गरिएका थ्रोट स्वाब राख्ने मेसिन नभएका कारण यसको व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई समस्या भएको छ।

">