पछिल्लो २४ घण्टामा ३१४ जना कोरोना भाइरस संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थपिए ३१४ संक्रमित, कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
देशका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ३१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या तीन हजार ७६२ पुगेको छ।
पछिल्लो २४ घण्टामा २० पुरुष र १ महिला गरी २१ जना कोरोनामुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या ४८८ पुगेको छ। जसमध्ये ४१९ जना पुरुष र ६९ जना महिला रहेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
हालसम्म एक लाख ९७२ पीसीआर परीक्षण भएको छ भने एक लाख ५६ हजार ९९१ आरडिटी परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा चार हजार ७६६ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको छ।
मन्त्रालयका अनुसार देशभर अहिले एक लाख ६६ हजार ६६८ जना क्वारेन्टाइनमा छन् भने आइसेलेसनमा तीन हजार २६० जना छन्।
प्रतिक्रिया दिनुहोस्