काठमाडौं। इङ्ल्यान्ड तथा म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टर्लिङले बेलायतमा भइरहेको रंगभेदविरुद्धको अभियानलाई समर्थन गरेका छन्। उनले भनेका छन्, “‘अहिले हामी एकमात्र रोगसँग लडिरहेका छौं। त्यो हो, रंगभेद।’’
बेलायत सरकारले कोरोना भाइरस संक्रमणको जोखिमका कारण भिड जम्मा नहुन चेतावनी दिए पनि ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानमा हजारौं नागरिकले सहभागिता जनाएका छन्।
‘‘“अहिलेको समयमा यो महत्वपूर्ण छ किनकी वर्षै वर्षदेखि यो विभेद भइरहेको थियो,’’ २५ वर्षे स्टर्लिङले भने।
अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि बेलायतको लन्डन, ब्रिस्टल, म्यानचेस्टर, उल्भरह्याम्पटन, नटिङघम, ग्लासगो र एडिनबर्गमा ठूलो विरोध प्रदर्शन भइरहेको छ।
४६ वर्षे फ्लोइडको मिनियापोलिसमा गत २५ मेमा प्रहरीले नियन्त्रणमा लिएपछि मृत्यु भएको थियो। उक्त घटनामा संलग्न चार प्रहरी अधिकृतलाई फ्लोइडको हत्या गरेको अभियोग लागेको छ। अहिले ती प्रहरी सेवाबाट बर्खास्तमा छन्। त्यसपछि अमेरिकाबाट शुरू भएको आन्दोलन अहिले विश्वभर फैलिएको छ।
बीबीसीसँगको कुरामा स्टर्लिङले भने, “महामारीको जस्तै यस विभेदको अन्त्य गर्नका लागि पनि समाधान खोज्नुपर्छ। अहिले विरोध प्रदर्शनमा उत्रिएकाहरू पनि यस समस्याको समाधान गर्न चाहन्छन्। उनीहरू न्यायका लागि लडिरहेका छन्। उनीहरू शान्तिपूर्ण प्रदर्शनमा छन्। उनीहरूले कुनै पसल तोडेका छैनन्। कसैलाई दुःख पु¥याउने काम गरेका छैनन्। उनीहरू शान्तिपूर्ण आन्दोलन जारी राख्न सक्छन्।’’
स्टर्लिङबाहेक पनि थुप्रै खेलाडीहरूले फ्लोइडले न्याय पाउनुपर्ने पक्षमा बोलेका छन्। इङ्ल्यान्डकै जडोन सान्चोले बुन्डेसलिगा खेल मैदानमा प्रदर्शन गरेका थिए। त्यस्तै बास्केटबलका महान खेलाडी माइकल जोर्डन, लिभरपुल, चेल्सी लगायतका थुप्रै खेलाडीले उक्त घटनाको विरोधमा आवाज उठाएका छन्।
" /> काठमाडौं। इङ्ल्यान्ड तथा म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टर्लिङले बेलायतमा भइरहेको रंगभेदविरुद्धको अभियानलाई समर्थन गरेका छन्। उनले भनेका छन्, “‘अहिले हामी एकमात्र रोगसँग लडिरहेका छौं। त्यो हो, रंगभेद।’’बेलायत सरकारले कोरोना भाइरस संक्रमणको जोखिमका कारण भिड जम्मा नहुन चेतावनी दिए पनि ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानमा हजारौं नागरिकले सहभागिता जनाएका छन्।

">