कैलाली। डोटीको केआईसिंह गाउँपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका एक युवकको शव कोभिड-१९ परीक्षणको नतिजा नआउँदा ३४ घण्टासम्म दाहसंस्कार हुन सकेको छैन।
हिजो, २५ जेठ बिहान ३ बजे गाउँपालिकाको वडा नम्बर ३ स्थित सिताराम आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका १९ वर्षीय ती युवकको थ्रोट स्वाब नमूना परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको थियो।
तर, रिपोर्ट नआउँदा ३४ घण्टादेखि शव क्वारेन्टाइनमै छ। उनीसँगै रहेका ९ जनालाई हिजो बिहानदेखि विद्यालयको अर्को कोठामा सारिएको छ।
२४ जेठ साँझ नै मृतक र उनीसँगै बसेका अन्य ९ जनाको स्वाब संकलन गरी प्रयोगशाला पठाइएको थियो। तर, अहिलेसम्म कसैको रिपोर्ट आएको छैन।
रिपोर्ट आउन ढीला भएको र क्वारेन्टाइन वरपर शवको दुर्गन्ध फैलिन थालेपछि स्थानीयवासीहरू त्रसित बनेका छन्।
केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले दाहसंस्कारका लागि नेपाली सेनाको टीम तयारीमा रहे पनि नतिजा कुरेर बसेको बताए।
भारतको दिल्लीबाट २० जेठमा आएका ती युवक सोही दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए।
२४ जेठ अपरान्ह ४ बजे बेहोस भएर ढलेका उनको केही समयपछि होस खुलेपनि हिजो बिहान ३ बजे मृत्यु भएको थियो।
" /> कैलाली। डोटीको केआईसिंह गाउँपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका एक युवकको शव कोभिड-१९ परीक्षणको नतिजा नआउँदा ३४ घण्टासम्म दाहसंस्कार हुन सकेको छैन।हिजो, २५ जेठ बिहान ३ बजे गाउँपालिकाको वडा नम्बर ३ स्थित सिताराम आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका १९ वर्षीय ती युवकको थ्रोट स्वाब नमूना परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको थियो।

">