कैलाली। आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका अछाम बयालपाटा अस्पतालका कर्मचारीलाई हेलिकप्टरमार्फत कोहलपुर लगिएको छ।
अस्पतालले आर्थिक संकट भएको भन्दै जागिरबाट हटाएपछि आज साफेबगर नगरपालिका-६ का सिद्धार्थ आउजीले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
सिम्रीक एअरको हेलिकोप्टरमार्फत उनलाई उद्धार गरेर कोहलपुर लगिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए।
बयलपाटा अस्पतालले आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई हटाएको थियो।
अस्पतालले हटाएपछि केहि दिनदेखि तनावमा रहेका उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको बताइएको छ।
कार्यसम्पादन, अनुशासनको आधारमा कर्मचारीहरू हटाइएको अस्पतालले जनाएको छ।
पढ्नुहोस्:
महामारीका कारण जागिर खोसिएपछि आफ्नै शरीरमा आगो लगाए अस्पतालका कर्मचारीले
" /> कैलाली। आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका अछाम बयालपाटा अस्पतालका कर्मचारीलाई हेलिकप्टरमार्फत कोहलपुर लगिएको छ।अस्पतालले आर्थिक संकट भएको भन्दै जागिरबाट हटाएपछि आज साफेबगर नगरपालिका-६ का सिद्धार्थ आउजीले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

">