काठमाडौं। कोरोना भाइरसको विस्तार रोक्न कडा लकडाउन गरेको न्यूजिल्याण्डले अब देशभित्र भाइरस संक्रमित कोही पनि नरहेको घोषणा गरेको छ। न्यूजिल्याण्डमा अन्तिमपटक २२ मे मा संक्रमित भेटिएका थिए।
प्रधानमन्त्री जसिन्डा आर्डर्नले देशभित्रका प्रतिबन्ध फुकुवा गरे पनि अन्तर्राष्ट्रिय सीमा नाका भने बन्द नै रहने बताएकी छन्। प्रधानमन्त्री आर्डर्नले कोरोना भाइरसको विस्तार रोक्न देशमा साह्रै कडा लकडाउन लगाउनु परेको र देशबासीले एकताबद्ध भएर काम गरेको बताइन्।
अब न्यूजिल्याण्डमा सार्वजनिक कार्यक्रम सञ्चालन गर्न लगाइएका प्रतिबन्धहरु फुकुवा हुनेछन्। साथै पसल, रेष्टुरेन्ट र सार्वजनिक यातायातका साधनहरु पनि खुल्नेछन्। आन्तरिक रुपमा हवाई उडानमा पनि कुनै प्रतिबन्ध लगाइने छैन।
" /> काठमाडौं। कोरोना भाइरसको विस्तार रोक्न कडा लकडाउन गरेको न्यूजिल्याण्डले अब देशभित्र भाइरस संक्रमित कोही पनि नरहेको घोषणा गरेको छ। न्यूजिल्याण्डमा अन्तिमपटक २२ मे मा संक्रमित भेटिएका थिए।

">